चितवन, १२ फागुन । नारायणगढ–मुग्लिन सडक खण्डमा नेपाली सेनाको ट्रक दुर्घटना हुँदा तीन जना घाईते भएका छन् । भरतपुर महानगरपालिका वडा नं. २९ घुमाउनेमा आफै अनियन्त्रित भई ट्रकमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः५५ बजेको समयमा लु १ ग १०९ नम्बरको सेनाको ट्रक दुर्घटनामा परेको हो । ट्रकमा १४ जना सवार रहेको भए पनि तीन जना मध्यम घाईते भई कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भईरहेको छ । घटनामा चालक नेपाली सेनाका अमल्दार ३३ वर्षिय कृष्ण प्याकुरेल, जम्दार ३९ वर्षिय उत्तम कार्की र अमल्दार ३२ वर्षिय केआई सिंह घाईते हुनु भएको छ ।