सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बालगृहहरूमा भरतपुर महानगरको अनुगमन


  •    न्युजभित्तो/१० चैत्र २०७९, शुक्रबार १३:३३ 
  • भरतपुर,१० चैत्र। भरतपुर महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका विभिन्न बालगृह तथा अनुसन्धान संस्थाहरूको अनुगमन गरेको छ । महानगरका उपप्रमुख चित्रसेन अधिकारीको सयोजकत्वमा अनुगमनमा गएको टोलीले सञ्चालनमा रहेका तर अनुमति नपाएका विभिन्न बालगृह तथा अनुसन्धान संस्थाको स्थलगत अनुगमन गरेको हो ।

    भरतपुर–८ मा रहेको एसओएस बालग्राम नेपाल भरतपुर–१२ मा रहेको मुक्ति बालगृह तथा ज्योति बालगृह र भरतपुर–१५ फूलबारीमा रहेकोे सामाजिक तथा वातावरणीय अनुसन्धान संस्था नेपालको स्थलगत अनुगमन गरिएको उपप्रमुख अधिकारीले बताउनुभयो । उहाँले बालगृह सञ्चालकलाई मापदण्ड पु¥याएरमात्रै बालगृह सञ्चालन गर्न निर्देशन दिइएको जानकारी गराउनुभयो । “कुनै पनि बालगृह बिनामापदण्ड सञ्चालन गरेको पाइएमा महानगरले कारबाही गर्न पछाडि पर्दैन”, उहाँले भन्नुभयो, “समयमै सुध्रिएर आउन पनि म सबैमा आग्रह गर्छु ।”

    कुनै पनि समय संस्थाको अनुगमनमा आफूहरू आउन सक्ने भन्दै उहाँले त्यतिबेला मापदण्डअनुसार सञ्चालन गरेको नपाइए कडा कारबाही हुने बताउनुभयो । बालगृह सञ्चालन गर्न भौतिक संरचना, खानपान, सरसफाइ, खेलमैदान, स्वास्थ्य परीक्षणलगायतका मापदण्ड पूरा गरेको हुनुपर्छ । भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले सञ्चालनमा रहेका सबै बालगृहमा निरन्तर अनुगमनको खाँचो रहेको प्रष्ट पार्नुभयो । “हामीले बालगृहहरूको निरन्तर अनुगमन गरिरहेका छौँ, छड्के अनुगमन गर्दा कमी–कमजोरी पाइएमा कामकारबाही हुन्छ”, अधिकृत रानाले भन्नुभयो ।

    स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले महानगरभित्र अहिले २३ वटा बालगृह सञ्चालनमा रहेको बताउनुभयो । पौडेलका अनुसार २३ वटा बालगृहमा संरक्षित बालबालिकाको सङ्ख्या छ सय ७८ रहेको छ ।

    राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार काठमाडौँपछि भरतपुरमा सबैभन्दा बढी बालगृह सञ्चालनमा छन् । परिषद्का सदस्यसचिव इन्द्रादेवी ढकालले चितवनका बालगृह उत्कृष्ट श्रेणीमा पर्ने गरेको बताउनुभयो । चितवनमा केन्द्रको निरन्तर निगरानी भइरहेको भन्दै उहाँले सङ्घीय र प्रदेश सरकारको सहयोगमा स्थानीय सरकारले बालगृहको अनुगमन तथा रेखदेख गरिरहेको जानकारी दिनुभयो । यसअघि गत असारमा भरतपुर महानगरपालिकाले पश्चिम चितवनका विभिन्न बालगृहको अनुगमन तथा निरीक्षण गरेको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.