सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा सञ्चालित बालगृहहरुमा महानगरको अनुगमन


  •    न्युजभित्तो/९ चैत्र २०७९, बिहीबार १६:२७ 
  • चितवन,९ चैत्र। भरतपुर महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका विभिन्न बालगृह तथा अनुसन्धान संस्थाहरुको अनुगमन गरेको छ ।

    महानगरका उपमेयर चित्रसेन अधिकारीको सयोजकत्वमा अनुगमनमा गएको टोलीले सञ्चालनमा रहेका तर अनुमति नपाएका विभिन्न बालगृह तथा अनुसन्धान संस्थाहरुको स्थलगत अनुगमन गरेको हो ।

    भरतपुर–८ मा रहेको एसओएस बालग्राम नेपाल, भरतपुर १२ मा रहेको मुक्ति बालगृह तथा ज्योति बालगृह र भरतपुर–१५ फूलबारीमा रहेकोे सामाजिक तथा वातावरणीय अनुसन्धान संस्था नेपालको स्थलगत अनुगमन गरिएको उपमेयर अधिकारीले बताए । अनुगमन पश्चात सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उपप्रमुख एवम् बालगृह अनुगमन समितिका सयोजक चित्रसेन अधिकारीले बालगृह सञ्चालकहरुलाई मापदण्ड पु¥याएर मात्रै बालगृह सञ्चालन गर्न निर्देशन दिइएको जानकारी गराएका छन् ।

    कुनै पनि बालगृह बिना मापदण्ड सञ्चालन गरेको पाइएमा महानगरले कारबाही गर्न पछाडि पर्दैन उपमेयरले भने । उनले भने, ‘समयमै सुध्रिएर आउन पनि म सबैमा आग्रह गर्छु । ’ हामी कुनै पनि समयमा तपाइँहरुको संस्थामा अनुगमन गर्न आउन सक्छौ उनले भने, ‘त्यतिबेला मापदण्डअनुसार सञ्चालन गरेको नपाइए कडा कारबाही हुन्छ ।’ अनुगमन टोलीले भरतपुरका एसओएस बालग्राम नेपाल, मुक्ति बालगृह तथा ज्योति बालगृह र सामाजिक तथा वातावरणीय अनुसन्धान संस्था नेपालको स्थलगत अनुगमन गरेको छ ।

    बालगृह सञ्चालन गर्न भौतिक संरचना, खानपान, सरसफाइ, खेलमैदान, आयाहरु, समय समयमा स्वास्थ्य परीक्षणलगायतका थुप्रै मापदण्डहरु पूरा गरेको हुनुपर्छ । नेपालमा बाल संरक्षणको अवस्था निकै दयनीय र भयाबह रहेको पाइन्छ । अहिले नेपालमा ४० जिल्लामा रहेका ४५० बालगृहमा १२ हजार बालबालिकाहरुले आश्रय लिइरहेका छन् । जस मध्ये ८० प्रतिशत भन्दा बढी बालबालिकाहरु अभिभावकसहितका देखिन्छन् ।

    भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले सञ्चालनमा रहेका सबै बालगृहहरुमा निरन्तर अनुगमनको खाँचो रहेको प्रष्ट पारे । ‘हामीले बालगृहहरुको निरन्तर अनुगमन गरिरहेका छौ, छड्के अनुगमन गर्दा कमीकमजोरी पाइएमा कामकारबाही हुन्छ’, अधिकृत रानाले भने ।

    स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले महानगर भित्र अहिले २३ वटा बालगृहहरु सञ्चालनमा रहेको बताइन् । पौडेलका अनुसार २३ वटा बालगृहमा संरक्षित बालबालिकाको सख्या ६७८ रहेको छ । जस मध्ये बालक २९६ जना अर्थात ४३ दशमलब ६६ प्रतिशत र बालिका ३४२ जना अर्थात ५६ दशमलव ३४ प्रतिशत रहेको छ । उनले बालगृह सञ्चालन गर्न कम्तीमा पनि २० जना पुग्नु पर्ने प्राबधान रहेको समेत प्रष्ट पारिन् ।

    राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार नेपालमा काठमाडौ र भरतपुरमा सबै भन्दा बढी बालगृहहरु सञ्चालनमा रहेका छन । परिषद्का सदस्य सचिब इन्द्रादेवी ढकालका अनुसार चितवनका बालगृहहरु उत्कृष्ट श्रेणीमा पर्ने गरेका छन् । चितवनमा केन्द्रको निरन्तर निगरानी भइरहेको बताउँदै उनले संघीय र प्रदेश सरकारको सहयोगमा स्थानीय सरकारले बालगृहहरुको अनुगमन तथा रेखदेख गरिरहेको बताइन् ।

    यसअघि गत असार महिनामा भरतपुर महानगरपालिकाले पश्चिम चितवनका विभिन्न बालगृहहरुको अनुगमन तथा निरीक्षण गरेको थियो । स्थानीय तहले स्थानीयस्तरमा बालगृह सन्चालन गर्न सिफारिस गरे पछि मात्रै राष्ट्रिय बालअधिकार परिषद्ले अनुमति दिने कार्यब्यबस्था रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.