सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मकवानपुरको लोथर क्षेत्रका अतिक्रमित घरटहरा चितवन राष्ट्रिय निकुञ्जले हटायो


  •    न्युजभित्तो/८ चैत्र २०७९, बुधबार १५:१९ 
  • चितवन,८ चैत्र। चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्र अन्तरगत पर्ने मकवानपुरको मनहरि गाउँपालिका–६, लोथरखोला आसपास क्षेत्रमा अतिक्रमण गरि बनाईएका घरटहरा हटाएको छ ।

    निकुञ्जले सरोकारवाला निकायसंग समन्वय गरि पटक–पटक घरटहरा हटाउन आग्रह गर्दा पनि अटेरी गरेपछि मंगलबार निकुञ्ज र खड्गदल गण तथा सिद्धी बक्स गणको संयुक्त टोलीले अतिक्रमण गरि निर्माण गरिरहेको ९ वटा घर हटाईएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

    गत पुस ४ गतेदेखि नै घर टहरा निर्माण गरि निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित सार्वजनिक जग्गा अतिक्रमणको प्रयास भएको थियो । अतिक्रमित क्षेत्रलाई पटक पटक खाली गराउन सरोकारवालासंग समन्वय गरी सुझाई बुझाई गर्दा पनि अतिक्रमित क्षेत्रबाट घरटहरा हटाउन नमानेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र वन अतिक्रमण रणनीति २०६८ बमोजिम ९ वटा घरटहरा हटाइएको निकुञ्जले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.