सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ग्यास सिलिन्डर बोकेर ट्रक दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु


  •    न्युजभित्तो/८ चैत्र २०७९, बुधबार १३:४८ 
  • दैलेख,८ चैत्र। नेपालगञ्जबाट दैलेखका लागि ग्यास सिलिन्डर बोकेर आउँदै गरेको ट्रक आज बिहान दुर्घटना हुँदा चालकसहित तीनजनाको ज्यान गएको छ । आज विहान ९ बजेतिर भे १क २२०१ नंको ट्रक गुराँस गाउँपालिका–४ तालपोखरी मोडमा दुर्घटना भएको हो । तीन जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दीपकसिंह बिष्टले जानकारी दिए ।

    घटनास्थल पुगेको अस्थायी प्रहरी चौकी रानिमक्ताका प्रहरी सहायक इन्चार्ज मोहन पुजराको टोलीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा बाँकेका २९ वर्षीय चालक कृष्ण चौधरी, ट्रकमा यात्रारत दाङका दुईजना अन्दाजी १८ वर्षीय विष्णु चौधरी र २७ वर्षीय लछिराम चौधरी छन् ।

    तालपोखरी झर्ने बाटोमा ‘ब्रेक फेल’ भइ माथिल्लो सडकबाट करिब एक सय ५० मिटर तलको सडकमा खसेको स्थानीयले बताएका छन् । ओरालो सकिएर मोडमै आइपुग्दा चालकले बे्रक लागेन भनेपछि सहचालक सल्यान कुपिण्डेदह गाउँपालिका–७ का २८ वर्षीय प्रकाश कुमाईले सडकमै हामफालेर ज्यान जोगाएको प्रहरीको भनाइ छ ।

    दुर्घटनाको कारण, घटनास्थलको अवस्था, अनुसन्धान र मृतकहरुको शव उठाउन जिल्ला सदरमुकामबाट प्रहरी निरीक्षक दीपकसिंह बिष्टको नेतृत्वमा टोली घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे
    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    • प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    • चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.