सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रामपुर कृषि क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै


  •    न्युजभित्तो/८ चैत्र २०७९, बुधबार ११:०७ 
  • चितवन,८ चैत्र । रामपुर कृषि क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुने भएको छ । क्याम्पसमा यसअघि विद्यार्थी संगठनहरुले लगाएको तालाबन्दीका कारण निर्धारित समयमा चुनाव हुन सकेको थिएन ।

    नेपाल प्रहरीको बाक्लो उपस्थितीमा आज निर्वाचन हुन लागेको हो । यो क्याम्पसमा २४१ जना विद्यार्थी मतदाता छन् । स्ववियु सभापतिको लागि अखिल संयुक्तको तर्फबाट एमाले निकट अनेरास्ववियुका दिवस पौडेल र कांग्रेस निकट नेपाल विद्यार्थी संघका आशिष जैसी देवकोटा चुनावी प्रतिस्पर्धामा छन् ।

    क्याम्पस प्रशासनले एक सूचना जारी गरी दिउँसो १२ बजेदेखि ४ बजेसम्म मतदान हुने जानकारी गराएको हो । जिल्लामा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका १७ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुनुपर्नेमा यसअघि दुई क्याम्पसमा मात्रै निर्वाचन सम्पन्न भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.