सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ठोरीमा पाटे बाघको आतंक, एउटा पाडो र ६ बाख्रा मारेपछि गोठ नै रित्तियो


  •    न्युजभित्तो/७ चैत्र २०७९, मंगलवार १५:२८ 
  • ठोरी,७ चैत्र। पाटे बाघले ठोरीका एक किसानको गोठ नै रित्याएको छ ।सोमबार राति ११ बजे ठोरी–४, घ्याङडाँडाका किसान मिकमार लामाको गोठमा पसेको हो । बाघले एउटा पाडा र ६ ओटा बाख्रा मारेको लामाले बताए । लामाको घर र गोठ ठोरी गाउँपालिका कार्यालय अगाडि नै छ ।

    राति घरमा सुतिरहेको बेलामा अचानक बाघ गोठमा प्रवेश गरेको थियो । बाघले पाडालाई आक्रमण गर्नेबित्तिकै लामा दम्पतीले चाल पाए । त्यसपछि उनीहरूले हारगुहार गरेर गाउँलेलाई बोलाएका थिए ।

    स्थानीयले बाघ धपाउन नसकेपछि नेपाली सेना, सशस्त्र प्रहरी , पर्सा राष्ट्रिय निकुन्जका कर्मचारीलगायतको सहयोगले बिहान ४ बजेमात्र बाघलाई जंगल तर्फ धपाइएको छ ।

    बाघको आक्रमणबाट एक लाख रूपैयाँ भन्दा बढीको क्षति पुगेको गुनासो लामाले गरेका छन् । बाघ फेरि गाउँ पस्न सक्ने डरले घ्याङडाँडाका स्थानीय बासीन्दा त्रसित छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे
    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    • प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    • चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.