सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा मात्रै ३ सयभन्दा बढी अटिजम भएका बालबालिका


  •    न्युजभित्तो/६ चैत्र २०७९, सोमबार १०:४६ 
  • चितवन,६ चैत्र। भरतपुर महानगरपालिकामा मात्रै ३ सयभन्दा बढी अटिजम भएका बालबालिका रहेको पाइएको छ। अटिजम केयर सेन्टर चितवनकी अध्यक्ष निर्मला डल्लाकोटीका अनुसार, ४४ जना बच्चा जन्मिदा १ जना अटिजम भएको बालबालिका जन्मने गरेको छन्।

    भरतपुरमा भएको अपाङ्गता समावेशी विकास समावेशी शिक्षा परियोजनाको सञ्चारकर्मीसंग अन्तरक्रिया कार्यक्रममा डल्लाकोटीले भनिन्, ‘१० वर्ष अगाडि १५१ जना बच्चा जन्मिदा १ जनामा अटिजम हुन्छ भन्ने तथ्यांक विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको थियो। अहिले ४४ जना जन्मिदा १ जनालाई हुन्छ भन्ने छ।’

    साना बालबालिकामा अटिजम भएको थाहा नहुँदा अभिभावकलाई समस्या हुने गरेको छ। सानै उमेरमा पत्ता लगाउन सके उनीहरुको आनिवानीमा सुधार गर्न सकिने डल्लाकोटीले जानकारी दिइन्। अटिजम केयर चितवन सोसाइटीले भरतपुरमा अटिजम स्कुल समेत स्थापना गरिएको छ। यहाँ ३१ जना अटिजम भएका विद्यार्थी छन्।

    अटिजम केयर चितवन सोसाइटी र राष्ट्रिय बहिरा महासंघले समावेशी शिक्षा परियोजना मार्फत समावेशी शिक्षाका लागि प्रणाली तथा सेवाको सुदृढीकरण समेत गर्दै आएको छ। अपाङ्गता भएका एवम् थप सिकाई आवश्यकता भएका बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच अभिबृद्धि गर्नका परियोजनाले काम गरिरहेको छ।

    चितवनको भरतपुर र कालिका नगरपालिमा शिक्षा एकाइ स्थापना गरेर अपाङ्गता भएका व्यक्तिहरुको शिक्षाका लागि काम काम गरिरहेको राष्ट्रिय बहिरा महासंघकी सर्मिला तामाङ्गले जानकारी दिइन्। उनका अनुसार अझै चितवनमा अपाङ्गता भएका बालबालिकाहरु विद्यालय बाहिर रहेका छन्। भरतपुर र कालिका नगरपालिकामा मात्रै १ सय ३९ जना बालबालिका विद्यालय बाहिर छन्। भरतपुरमा २४० र कालिकामा ४९ जना अपाङ्गता भएका बालबालिका रहेको राष्ट्रिय बहिरा महासंघको तथ्याङ्कमा उल्लेख छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.