सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जापानमा १२ वर्ष अघि पत्रकार महासंघ स्थापना गर्ने चितवनका पाँच पत्रकार सम्मानित


  •    न्युजभित्तो/३० फाल्गुन २०७९, मंगलवार ०८:५० 
  • टोकियो, ३० फागुन । जापानको राजधानी टोकियोमा चितवनका पाँच जना पत्रकार सम्मानित हुनु भएको छ । जापानका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदीले बिषेश समारोहका बीच उहाँहरुलाई सम्मान गर्नुभएको हो ।

    कार्यक्रममा १२ वर्ष अघि जापानमा नेपाल पत्रकार महासंघको शाखा स्थापना गर्ने संस्थापकहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा पत्रकारहरु संस्थापक अध्यक्ष तिलक मल्ल सहित चितवनका पत्रकार कृष्ण भण्डारी, हरिप्रसाद पोखरेल, कविकिरण न्यौपाने, बिनोदकुमार सापकोटा र भूषण घिमेरे रहनु भएको छ । उहाँहरु सबै नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक हुनुहुन्छ ।

    नेपालमा भने कृष्ण भण्डारी र हरिप्रसाद पोखरेल नेपाल पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष हुनुहुन्छ । पोखरेल वर्तमान जिल्ला र वाग्मती प्रदेशका सल्लाहकार समेत हुनुहुन्छ । कविकिरण न्यौपाने प्रेस चौतारी चितवनका पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघ, जापान शाखाका वर्तमान सल्लाहकार हुनुहुन्छ । बिनोदकुमार सापकोटा नेपाल पत्रकार महासंघ, जापान शाखाका वर्तमान सल्लाहकार एवं प्रेस चौतारी चितवनका पूर्व सचिव हुनुहुन्छ । भूषण घिमिरे भने नेपाल रहँदा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भईसक्नु भएको थियो ।

    बाह्र वर्ष अघि नेपाल गएका हरिप्रसाद पोखरेल यसै कार्यक्रमको लागि जापान आउनु भएको हो । नेपाल पत्रकार महासंघ, जापान शाखाको स्थापना सन् २००३ मार्च १३ तारिकमा भएको थियो। महासंघले आफ्नो १२ वर्षको यात्रा पूरा गरेको छ। स्थापना दिवसको अवसरमा आईतवार अग्रज पत्रकारलाई सम्मान सहित शुभकामना आदानप्रदान समेत सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जापानका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुबेदीले जापानमा पत्रकार महासंघको जग बसालेको संस्थापकहरुलाई आदर र सम्मान गर्न पाउदा खुःशी लागेको बताउनुभयो ।

    नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष शान्तकुमार पहरीको अध्यक्षता सम्पन्न कार्यक्रम सचिव राजन गौतमले सञ्चालन गर्नुभयो । कार्यक्रममा महासंघकी उपाध्यक्ष इन्दिरा खनालले स्वागत मन्तव्य व्यक्त गर्नुभयो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ, जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्ल, संस्थापक सल्लाहकार भूषण घिमिरे , निर्वतमान अध्यक्ष मोहन घले , एनआरएनए एशिया प्यासिफिक उपसंयोजक ददिवल खड्का, नेपाली व्यवशायी संघ, जापानका अध्यक्ष बिजय थकाली, एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेल, एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग, बलेवा समाज जापानकी उपाध्यक्ष शान्ति बस्नेत, जनजाती महासंघ जापानका अध्यक्ष संजिव राई, प्रवाशी नेपाली मञ्च जापानका अध्यक्ष कुलचन्द्र खरेल, जनसम्पर्क समिति जापानका सभापति रोशन केसी, अन्तराष्ट्रिय अधिवक्ता बलराम श्रेष्ठ, गल्कोट समाज जापानकी अध्यक्ष कालिका थापा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

    बिभिन्न पेशा, व्यवशाय एवं अध्ययनको शिलशिलामा १ लाख ३० हजारको हाराहारीमा नेपाली रहेको जापानमा नेपाल पत्रकार महासंघको सदस्यता प्राप्त गरी आबद्ध हुनेको संख्या ६५ रहेको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.