सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कारोबार गर्ने बेलामा आँखा नदेख्ने पछि रुवायो भन्दै नारा लगाउनु उचित होइन, ऋण लिएपछि तिर्नुपर्छः प्रमुख रेग्मी


  •    न्युजभित्तो/२८ फाल्गुन २०७९, आईतवार १०:४३ 
  • चितवन,२८ फाल्गुन । नेपाल लघुवित्त बैंकर्स सङ्घले वित्तीय साक्षरता राष्ट्रिय अभियान थालनी गरेको छ । नेपाल लघुवित्त बैंकर्स सङ्घको आयोजनामा कालिका नगरपालिकाबाट सो अभियान सुरु गरिएको हो ।

    अभियानको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले शनिबार शुभारम्भ गर्दै वित्तीय अनुशासन भए आर्थिकरूपमा समस्या नआउने बताउनुभयो । आफ्नो आवश्यकताभन्दा विलासिताका वस्तुमा बढी खर्च हुँदा वित्तीय दुर्घटना निम्त्याएको उहाँको भनाइ थियो ।
    उहाँले भन्नुभयो, “कारोबार गर्ने बेलामा आँखा नदेख्ने पछि रुवायो भन्दै नारा लगाउनु उचित होइन, ऋण लिएपछि तिर्नुपर्छ ।” लागानीकर्तालाई समेत उहाँले मर्यादित र व्यवस्थित गर्न आग्रह गर्दै सदस्यको वित्तीय साक्षरतामा ध्यान नदिँदा समस्या उत्पन्न भएको तर्क गर्नुभयो ।

    नेपाल लघुवित्त बैंकर्स सङ्घका निवर्तमान अध्यक्ष वसन्तराज लम्सालले आर्थिक मन्दीले वर्तमान अवस्था सिर्जना भएको बताउँदै सङ्घ र सेवाग्राही जिम्मेवार नबन्दा पनि समस्या उत्पन्न भएको बताउनुभयो । लघुवित्तले नियमविपरीतका कार्य गरे राष्ट्र बैंकले नियमन गर्ने बताउँदै अफवाहको पछि नलाग्न उहाँले आग्रह गर्नुभयो । लघुवित्त वित्तीय संस्थाले बढी ब्याज लिएको भन्ने सन्दर्भमा उहाँले अहिले १५ प्रतिशत ब्याज र १।५ प्रतिशत सेवा शुल्क लिएको जनाउँदै त्यो भन्दा बढी लिएको भए सङ्घमा खबर गर्न आग्रह गर्नुभयो ।

    नेपाल लघुवित्त बैंकर्स सङ्घका अध्यक्ष प्रकाशराज शर्माले सङ्घको सञ्जाल विस्तार गरी गाउँ–ठाउँमा नै गुनासो सुन्ने र समाधान गर्ने व्यवस्था मिलाउन लागिएको बताउनुभयो । लघुवित्तको क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले समेत चासो दिएको र वार्ता भइरहेको जनाउँदै उहाँले नेपाल राष्ट्र बैंकले समस्या अध्ययन र समाधान समिति गठन गरिसकेकाले त्यहाँ छलफल भइरहेको बताउनुभयो । अहिले सदस्यले ऋण तिर्न नसक्ने अवस्था आएको बताउँदै नेपाल राष्ट्र बैंकले अनुमति दिएको खण्डमा म्याद बढाउने, पुनर्ताजगीकरण एवं नवीकरणका प्रक्रिया अघि बढाउने योजनामा रहेको उहाँले बताउनुभयो ।

    लघुवित्तीय संस्थाविरुद्धको सङ्घर्ष समितिका उपाध्यक्षसमेत रहनुभएकी सामाजिक अभियान्ता एलिमा मियाँ खातुनले ऋण लिएपछि स्वभाविकरूपमा तिर्नुपर्ने बताउँदै लघुवित्तका कमजोरी र कर्मचारीका व्यवहार सच्याउन आग्रह गर्नुभयो । यसअघि गत पुसमा लघुवित्त बैंकर्स सङ्घ र सङ्घर्ष समितिबीच १२ बुँदे सहमति भएको उल्लेख गर्दै कतिपय कार्यान्वयनमा पनि आएको उहाँले बताउनुभयो । लघुवित्त संस्थाले नै महिला सशक्तीकरण र आत्मनिर्भर बनाउन ठूलो योगदान गरेको बताउँदै दुःख पर्दा संस्थाले पनि सुन्नुपर्ने उहाँले तर्क गर्नुभयो ।

    कार्यक्रममा उपकार लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत शारदा खत्री, लघुवित्तका ऋणी सदस्यका तर्फबाट हिमादेवी भुसाल भट्टराई, मीना गौतम, कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष दिव्यराज सापकोटा र सुवास पोख्रेलले बोल्नुभएको थियो ।

    सबै जिल्लामा रहेका स्थानीय निकायमा शाखा कार्यालय खोली ६४ लघुवित्त वित्तीय संस्थामार्फत घरदैलोमै वित्तीय सेवा पु¥याउँदै आएका छन् । साठी लाख घरधुरी सदस्यले १३ लाख ६७ समूहमार्फत काम गर्दै आएको सङ्घले जनाएको छ । महिलाको वित्तीय साक्षरता, महिला सशक्तीकरण र स्वरोजगार बनाउन ३० वर्षदेखि लघुवित्तको ठूलो योगदान रहेको दाबी गर्दै आएको छ । सङ्घले हरेक जिल्लामा वित्तीय साक्षरता प्रदान गर्न राष्ट्रिय अभियान सुरु गरेको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.