सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मुग्लिन बजारको राजमार्ग छेउछाउ फोहोरले प्रदूषित


  •    न्युजभित्तो/१८ फाल्गुन २०७९, बिहीबार १६:०४ 
  • चितवन,१८ फाल्गुन।  चितवनको इच्छाकामना गाँउपालिकाको मुग्लिन बजारको राजमार्ग छेउछाउ फोहोरले प्रदूषित भएको छ ।

    मुग्लिन पुल वरपर प्लास्टिकजन्य फोहोर र पानीका बोत्तल थुप्रिएका छन् । बिगत एक वर्षदेखि पुल वरपर प्लास्टिकजन्य फोहोर र पानिका बोत्तल थुप्रिँदा पनि सरोकारवालाहरुको ध्यान गएको छैन । यस क्षेत्रको फोहोर व्यवस्थापन नहुँदा खोला प्रदूषित हुनुका साथै फोहोरको दुर्गन्धले पुलमा यात्रा गर्ने जोकोहीले नाकमुख थुनेर हिँड्नुपर्ने बाध्यता छ । यसले पुललाई दुर्गन्धित एवम् फोहोर बनाएको छ ।

    इच्छाकामना गाँउपालिकाका प्रमुख दानबहादुर गरुङले पुल वरपरको प्लास्टिकजन्य फोहोर व्यवस्थापन नहुँदा खोला प्रदूषित हुनुका साथै जनजीवन प्रभावित भएको बताए । उनले पुल वरपरको फोहोर तत्कालै व्यवस्थापन गर्ने नारायणी अनलाइनलाई बताएका छन् । उनले भने, ‘पुल वरपरका फोहोर विगत एक वर्षदेखि थुप्रिएको हो, यही फोहोर व्यवस्थापनको लागि ईको फेमिली संस्थासँग सम्झौता गरेका छौँ ।’ अबको एक महिनाभित्रमा त्यस ठाउँको फोहोर व्यवस्थापन गर्ने उनले बताए ।

    उनले भने,‘काठमाडौ पोखरा र चितवन जोड्ने क्षेत्र भएकाले विभिन्न ठाउँबाट यही बाटो हुँदै जाने भएकाले यात्रा गर्ने यात्रीले अथवा पैदालयात्रीले जथाभावी प्लास्टिकजन्य फोहोर फ्याक्ने गर्छन् ।’ जनमानसमा जनचेतनाको कमी भएर जथाभावी फोहोर फ्याक्ने गरेको उनको भनाइ छ । उनले पालिकामा दैनिक निःशुल्क फोहोर उठाउँने गरेको जानकारी दिए । पालिकाबाट आएको फोहोर कुरिनटारको डम्पिङ साइटमा लगेर व्यवस्थापन गरिने बताए । उनले पालिकाको फोहोर व्यवस्थापनका लागि एउटा ट्रक र पाँच जना कर्मचारी खटाएको जानकारी दिए । फोहोर मैला व्यवस्थापनका लागि पालिकाले चालु आर्थिक वर्षमा २४ लाख रुपैयाँ बजेट विनियोजन गरेकोे जानकारी दिए ।

    गाँउपालिकाका प्रशासकीय अधिकृत जगत भुसालले पुल वरपरको फोहोरको बारेमा आफूलाई जानकारी नभएको बताएका छन् । आफू अधिकृत हुनु भन्दा अगाडिको फोहोर भएको हुन सक्ने उनको भनाइ रहेको छ । उनले त्यस ठाउँको अनुसन्धान गरी त्यहाँको फोहोर व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफू अधिकृत भएर आइसकेपछि फोहोर व्यवस्थापन दैनिक भइरहेको बताए । उनले भने, ‘अहिलेसम्म फोहोर व्यवस्थापन नभएको भनेर पालिकाबाट गुनासो आएको छैन, पालिकाबाट दैनिक फोहोर उठेका छन् ।’ दैनिकरुपमा प्रत्येक घरघरमा पुगेर फोहोरमैला उठाएर कुरिनटार डम्पिङसाइटमा पु¥याएर व्यवस्थापन हुने उनले बताए । पालिकामा दैनिकरुपमा एक टन फोहोरमैला उत्पादन हुँदै आएको छ ।

    ईको फेमिलीका सदस्य सुजन ढकालले फोहोर मैला प्रशोधन गर्ने मेसिन राख्ने ठाउँको व्यवस्थापन नहुँदा फोहर व्यवस्थापन गर्न समस्या परेको बताए । उनले हाल ल्याण्ड फिल साइडको निर्माण भइरहेको जानकारी दिए । मेसिन बनिसकेपछि प्लास्टिकजन्य फोहोरलाई पेलेर मोजाइक टायल बनाउने उनले जानकारी दिए । उनले भनेका छन्, ‘चैत १५ सम्ममा त्यस ठाँउको फोहोर व्यवस्थापन हुन्छ ।’ लामो समयदेखिको थुप्रिएको त्यस ठाँउको फोहोरकोे व्यवस्थापनमा ईको फेमिली निरन्तर लागि परेको जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.