सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

परपुरुषसँगको आशंकामा श्रीमान्‌बाटै हत्या


  •    न्युजभित्तो/९ फाल्गुन २०७९, मंगलवार १४:३४ 
  • विराटनगर, ९ फागुन।  विराटनगरकी २८ वर्षीया प्रियंका सुनवार साहको पतिले हत्या गरेको खुलेको छ । परपुरुषसँग सम्बन्धको शंकाकै भरमा रमेश साहले योजनाबद्धरूपमा उनको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

    प्रियंकाको शव मोरङको बुढीगंगा गाँउपालिका- २ अमाहीस्थित नरसिंह चौधरीको ग्वालीमा सोमबार बोराभित्र भेटिएको थियो । उनको घाँटी र कानमा चोट पाइएको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा श्रीमान् रमेशसहित चारजनालाई पक्राउ गरेको छ । मोरङ कटहरी गाउँपालिका-५ का ६२ वर्षीय रमानन्द राम, ३५ वर्षीय उमेश सरदार र नरसिंह चौधरी पनि सँगै पक्राउ परेका छन् ।

    मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले पारिवारिक सम्बन्धमा आएको खटपटले नै प्रियंकाको हत्या भएको पाइएको बताए । उनले घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताए । श्रीमतीलाई घुम्न लैजाने बहानामा बुढीगंग्गामा पुर्‍याएर हत्या गरेको अनुसन्धान अधिकारीले बताएका छन् ।

    परपुरुषसँग लागेको भन्दै यसअघि पनि उनीहरूबीचमा पटकपटक झगडा भएको रेकर्ड जिल्ला प्रहरी कार्यालयमा छ ।

    यसरी भयो हत्या

    विराटनगर-१९ मिलनचोक घर भएकी प्रियंकाको माइती भारत हो । रमेश-प्रियंकाका ८ वर्षीय छोरा र ६ वर्षीया छोरी छन् । केही समयदेखि एकअर्कालाई शंका गर्दै उनीहरूको सम्बन्धमा खटपट आएको थियो ।

    रमेशले प्रियंकालाई आइतबार घुम्न जाने प्रस्ताव गरे । उनले प्रियंकालाई बाइकमा राखेर बुढीगंगा गाउँपालिका २ अमाहीस्थित नरसिंह चौधरीको घरमा पुर्‍याए । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार रमेशका साथमा रमानन्द राम र उमेश सरदार पनि गएका थिए । नरसिंह भने रमानन्दले चिनेका व्यक्ति हुन् । रमानन्दकै माध्यमबाट रमेशले श्रीमतीलाई लिएर अमाही पुगेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए । उनीहरू घर पुग्दा नरसिंहमात्रै थिए ।

    सो घरमा ६० वर्षीय नरसिंह चौधरी, उनकी पत्नी र २४ वर्षीय छोरा बस्दै आएकोमा आइतबार दिउँसो करिब २ बजेतिर घरमा नरसिंहमात्र थिए । त्यहीबेलामा रमेश श्रीमती र अन्य दुईजना लिएर पुगेका थिए । ‘चौधरीको घरमा पुगेपछि रमानन्दले नरसिंहलाई लिएर गाउँतिर निस्कए छन् । कोठामा रमेश र प्रियंकामात्र बसेको र त्यहाँ विवादपछि घाँटीमा तन्नाले थिचेर हत्या गरेको देखिएको छ । हत्या गरेको रमेशले पनि स्वीकारेका छन्’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘हत्या गरेपछि शव प्लाष्टिकको ठूलो बोरामा हालेर ग्वालीमा लुकाए ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.