सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देवघाटमा पाँच अर्ब ९६ करोड लागतमा कालिका कालीगण्डकी जलविद्युत आयोजना बन्ने


  •    न्युजभित्तो/८ फाल्गुन २०७९, सोमबार १०:३६ 
  • चितवन,८  फागुन । तनहुँ र नवलपुर (बर्दघाट सुस्ता पूर्व)मा ३८.१६ मेगावाट क्षमताको कालिका कालीगण्डकी जलविद्युत आयोजना निर्माण हुने भएको छ ।

    मौलाकालिका हाइड्रोपावर कम्पनी प्रालिले ५ अर्ब ९६ करोडको लगानीमा कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निर्माणका लागि प्रस्ताव गरेको हो । यो आयोजना तनहुँको देवघाट गाउँपालिकाको वडा नम्बर १, ४ र ५ तथा नवलपुर (बर्दघाट सुस्ता पूर्व)को गैंडाकोट नगरपालिका वडा नम्बर ३ मा रहनेछ ।

    कालिगण्डकी नदीमा बन्ने आयोजनाको जडित क्षमता ३८.१६ मेगावाट रहने आयोजनाको वातावरणीय प्रभाव मूल्याकंन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
    आयोजना निर्माण हुने नदीमा मासिक रुपमा औसतमा ४०६ घनमिटर प्रति सेकेण्डको बहाब हुने तथा न्यूनतम मासिक बहाव ९० घनमिटर प्रति सेकेण्ड र अधिकतम मासिक बहाव १३ सय ९४ घनमिटर प्रति सेकेण्ड रहने छ । आयोजनाअन्तर्गत ३ वटा ट्रान्सफर्मरहरु रहनेछन् ।

    आयोजनाको प्रसारण लाइन १३२ केभीको सिंगल सर्किट रहनेछ भने यसको लम्बाई १० किमि रहने जनाइएको छ । आयोजनाबाट उत्पादित विद्युत कालिका कालिगण्डकी सब–स्टेशनबाट न्यू भरतपुर सब–स्टेशन, चितवनमा जोडिने छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.