सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा गुण एयरको उडान हुन दुई हप्ता लाग्ने


  •    न्युजभित्तो/७ फाल्गुन २०७९, आईतवार १५:५० 
  • चितवन,७ फागुन । बिगत १० दिनदेखि बन्द रहेको गुण एयरको सेवा भरतपुर विमानस्थलमा पुनः सुरू हुन अझै दुई हप्ता लाग्ने भएको छ ।

    जहाज मर्मतका लागि स्पेयर पार्टस् विदेशबाट ल्याइँदै र पाइट तालिममा रहेकाले तीन दिनदेखि उडान बन्द रहेको र सुरू हुन अझै दुई हप्ताजति लाग्ने गुण एयरलाइन्स भरतपुर विमानस्थलका स्टेशन इन्चार्ज कुलराज शर्माले नारायणी अनलाइनलाई जानकारी दिए ।

    ‘जहाजका मर्मतका लागि सिंगापुरबाट ल्याइने आवश्यक स्पेयर पार्टस् आइपुग्न केही समय लाग्ने भयो’, उनले भने । गत वर्ष भरतपुर काठमाडौँ तीन वटासम्म उडान गरेको गुण एयरलाइन्सले अहिले एउटा मात्र उडान गरेको छ । कहिलेकाहीँ चार्टर उडान भने गुणले गर्दे आइरहेको छ ।

    गुणले अहिले भरतपुरसहित तुम्लिङटार, पोखरा, विराटनगर, भैरहवा, भरतपुर, सिमरालगायतका गन्तव्यमा नियमित उडान गर्दै आएको छ । भरतपुरमा गुणले उडान रोकेसँगै बुद्ध एयरको उडानमा एकाधिकार कायम रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे
    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    • प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    • चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.