सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारी बेवास्ताले चित्रवन रंगशाला वर्षाैदेखि अलपत्र


  •    न्युजभित्तो/५ फाल्गुन २०७९, शुक्रबार ११:१९ 
  • चितवन,५ फागुन। सरकारी बेवास्ताका कारण भरतपुर महानगरपालिका–२० स्थित निर्माणाधिन राष्ट्रियस्तरको चित्रवन फुटबल रंगशाला अलपत्र परेको छ। रंगशालामा हालसम्म करिब १२०० मिटर मात्रै पक्कि पर्खाल निर्माण सम्पन्न भएको छ।

    साविक चित्रवन नगरपालिका हुँदा चित्रवन युवा तथा खेलकुद विकास समितिको पहलमा राष्ट्रिय खेलकुद परिषद्ले आर्थिक वर्ष २०७४/७५ मा १० बिगाह क्षेत्रफलमा १ अर्ब ५३ करोड रुपैयाँ लागतमा १७ हजार दर्शक क्षमताको रंगशाला निर्माण गर्नेगरी डिपिआर तयार गरेको हो ।

    रंगशाला निर्माण अभियानको क्रममा चितवन अन्तर्राष्ट्रिय समन्वय समिति गैरआवासिय नेपाली संघबाट ४ लाख ७२ हजार र चितवन सेवा समाज जापानबाट २ लाख रुपैयाँ प्राप्त गरी पर्खाल निर्माण कार्य थालनी भएको थियो। आव २०७५/७६ मा निर्माण कार्यको प्रारम्भिक चरणमा राष्ट्रिय खेलकुद परिषदले ५० लाख र आव २०७६/७७ मा चितवन विकास प्याकेजअन्तर्गत ५० लाख रुपैयाँ विनियोजन भई पक्कि पर्खालको केहि संरचना निर्माण भएको हो ।

    हालसम्म भरतपुर महानगरको डेढ करोड र राष्ट्रिय खेलकुद परिषदको डेढ करोड रुपैयाँ र आव २०७७/७८ को भरतपुर महानगरपालिकाको थप बजेट २० लाखबाट करिब १२०० मिटर पक्कि पर्खाल निर्माण कार्य सम्पन्न भएको चित्रवन फुटबल रंगशाला समितिका सचिव टुकमान गुरुङले जानकारी दिए ।

    गत आव २०७८/७९ मा बागमती प्रदेश सरकारबाट ३० लाख रुपैयाँ बजेट बिनियोजन थियो । फूटबल र एथलेटिक्स क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने र खेल पर्यटनको बिकास गर्ने उद्देश्यले यो रंगशाला निर्माणको काम थालिएको हो ।

    काठमाडौको दशरथ रंगशाला पछिको बैकल्पिक रंगशालाको रुपमा हेरिएको यो रंगशाला फुटबल पारखिहरुको लागि महत्त्वपूर्ण रंगशाला हुने अपेक्षा गरिएको थियो । तर रंगशाला निर्माण कछुवाको गतिमा जादै गर्दा केन्द्रिय सरकारबाट पर्याप्त बजेट निकासा नहुँदा चितवनको खेल जगतमा निरासा छाएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.