सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

होली भिजन पब्लिक स्कुलको ३२ औं वार्षिकोत्सव सम्पन्न


  •    न्युजभित्तो/२ फाल्गुन २०७९, मंगलवार ०८:२६ 
  • भरतपुर, २ फागुन । होली भिजन पब्लिक स्कुल भरतपुर ४ लङ्कुको ३२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस हालै सम्पन्न भएको छ । एक समारोहबीच वार्षिकोत्सव सम्पन्न भएको हो ।

    वार्षिककोत्सव समारोहको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) चितवनका अध्यक्ष कीर्तिनिधि अर्यालले शैक्षिक विकासमा होली भिजन पब्लिक स्कुलको योगदान स्मरण गर्दै शैक्षिक विकासका लागि समाजका सबै पक्षले आ–आफ्नो जिम्मेवारी पूरा गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

    कार्यक्रमका विशिष्ट अतिथि प्याब्सन भरतपुर महानगरपालिका अध्यक्ष लेखनाथ खनालले वर्तमान समयमा व्यवहारिक शिक्षाको आवश्यकता पर्ने भएको हुनाले सबैले बालबालिकाको चौतर्फी विकासमा जोड दिनुपर्ने धारणा राख्नुभयो।

    होली भिजन पब्लिक स्कुल शिक्षक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर दवाडीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्राचार्य मीनराज बस्ताकोटी, शिक्षक अभिभावक संघ होली भिजन पब्लिक स्कुलका अध्यक्ष प्रेमकुमार गैरे, सञ्चालक समिति अध्यक्ष नारायण सापकोटा, अभिभावक संघका पूर्व अध्यक्ष विनोद शर्मा, समाजसेवी विष्णुभक्त न्यौपाने, विद्यार्थीहरु रेशाका राना, नमूना चापागाईं, प्रेजु दवाडी, सोनिया सापकोटा, सुमिना गैरे, रियाज अर्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा विद्यार्थीहरुले नाटक एवम् विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलहरुमा सफल हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

    वार्षिकोत्सवको अवसरमा विद्यालयले माघ २७ गते खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको थियो भने माघ २८ गते पनि वार्षिकोत्सवको पहिलो चरणको कार्यक्रम सम्पन्न गरेको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.