सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखामा पौडेल


  •    न्युजभित्तो/२९ माघ २०७९, आईतवार १५:३५ 
  • चितवन,२९ माघ । नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाको शनिबार राति सम्पन्न ५१औंँ अधिवेशनले हरि पौडेलको सभापतित्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

    समितिको उपासभापतिद्वयमा रत्नप्रसाद सापकोटा र सिर्जना अधिकारी, मन्त्रीमा राममणि खनाल, कोषाध्यक्षमा विजयराज खनाल, उपमन्त्रीमा महेश्वर थपलिया, उपकोषाध्यक्षमा चिजकुमार आले निर्वाचित हुनुभयो ।
    पौडेलले निकटतम प्रतिस्पर्धी विजय शर्मा भुसाललाई ५७ मतान्तरले हराउँदै निर्वाचित हुनुभएको हो । पौडेलले एक सय १८ मत प्राप्त गर्दा भुसालले ६१ मत प्राप्त गर्नुभयो ।

    उक्त समितिको खुला सदस्यमा सात र महिला सदस्य तीनजना निर्वाचित भएका छन् । यसरी निर्वाचित हुनेहरुमा शशी महतो, अनु गौतम, शारदा शर्मा पौडेल, हरिप्रसाद न्यौपाने, दीपककुमार खड्का, रुद्र अधिकारी, आशबहादुर गुरुङ्, कुमारप्रसाद थपलिया, चन्द्रकान्त न्यौपाने र विनय श्रेष्ठ निर्वाचित हुनुभएको हो । उक्त अधिवेशनमा दुई सय २५ मतदाता सहभागी थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.