सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निहारिका राजपुत र शिवराज श्रेष्ठले गरे विवाह


  •    न्युजभित्तो/२७ माघ २०७९, शुक्रबार १४:३४ 
  • जनकपुर,२७ माघ। ‘कुमारी आमा’ का रुपमा चिनिएकी महोत्तरी जलेश्वरकी निहारिका राजपुत र शिवराज श्रेष्ठले अन्ततः विवाह गरेका छन् । निहारिका र शिवराज विवाह बन्धनमा बाँधिएका छन् ।

    आज शुक्रबार जनकपुरधामको जानकी मन्दिरमा गएर दुई जनाले विवाह गरेका हुन् । उनीहरुले जिल्ला अदालत धनुषामा विवाह दर्तासमेत गराइसकेका छन् ।

    गत माघ १७ गते मंगलबार निहारिका र श्रेष्ठबीच जिल्ला अदालत धनुषामा मिलापत्र भएको थियो । अदालतमा भएको मिलापत्रअनुसार उनीहरु एक-अर्कामा श्रीमान्-श्रीमतीका रुपमा संगै बस्न राजी भएका थिए ।

    जिल्ला न्यायाधीश ब्रिजेस प्याकुरेलको इजलासले निहारिका र शिवराज सहमति गरेर अदालत पुगेपछि मिलापत्रको आदेश दिएका हुन् । दुवैले मिलापत्रमा ३ वर्ष पहिलेदेखिको प्रेमलाई विवाहमा परिणत गरेको उल्लेख गरेका थिए । निहारिकाले शिवराजबाट आफू बलात्कृत भएको भन्दै जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेकी थिइन् । तर उक्त मुद्दामा अदालतले शिवराजलाई सफाइ दिएको थियो ।

    अहिले उनीहरुका एक छोरा पनि छन् । २०७७ भदौ ५ गते छोरा बिहान श्रेष्ठको जन्म भएको थियो । यसअघि यी सन्तान शिवराजकै भएको भन्दै निहारिकाले डीएनए परीक्षण गर्न माग गरेकोमा डीएनए परीक्षण गर्दा निहारिकाका छोराको डीएनए शिवराजसँग मिलेको थियो ।

    अनशन बसेकोकै क्रममा निहारिकाले राष्ट्रपति भवन अगाडि आत्मदाह गर्ने प्रयास गरेपछि मुद्दा फास्ट्र्याकमा अघि बढेको थियो । प्रहरीले आरोपित शिवराजलाई यसअघि नै पक्राउ गरेको थियो । निहारिकाको मुद्दा हाल उच्च अदालत जनकपुरमा विचाराधीन छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.