सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको भीमवली सामुदायिक वनमा वन्यजन्तु हेर्न जिप सफारी


  •    न्युजभित्तो/२६ माघ २०७९, बिहीबार १५:५३ 
  • भरतपुर, २६ माघ । चितवनको भीमवली सामुदायिक वनले पर्यटकका लागि जिप सफारी सुरु गरेको छ । कालिका नगरपालिका–५ पदमपुरस्थित वनमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि जिप सफारी सेवा सुरु गरिएको हो ।

    भीमवली पार्कदेखि सुरु हुने सफारी गुन्द्रेमान्द्रे चौर हुँदै डेढदेखि दुई घन्टाको यात्रापछि पुनःभीमवलीसम्म सञ्चालन हुनेछ । नगरपालिकाका जनप्रतिनिधिसहित स्थानीय सरोकारवालालाई जिप सफारी गराएर औपचारिकरुपमा सफारी सेवा सुरु गरिएको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जयचन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो । उहाँले जिप सफारीका क्रममा गैँडा, चित्तल, जरायो, मयुरलगायतका जीवजन्तु अवलोकन गर्न पाइने बताउनुभयो । पदमपुर पर्यटनको सम्भावना भएको क्षेत्र हो ।

    नगर प्रमुख विनोद रेग्मीले भीमवली वन क्षेत्र नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास हुने बताउनुभयो । उहाँले नगरपालिकाले पनि यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । नगर उपप्रमुख विमला लामाले स्थानीयस्तरमा पर्यटकीय क्षेत्रको सम्भावना खोजी हुनु सकरात्मक भएको भन्दै यसलाई दिगो बनाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । भरतपुरबाट नजिकै रहेकाले पनि यहाँ आन्तरिक पर्यटकको सङ्ख्या बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    यहाँ आन्तरिक पर्यटक आकर्षित गर्न घरबास (होमस्टे) पनि सञ्चालनमा ल्याइएको भीमवली सामुदायिक होमस्टेका अध्यक्ष लोकराज चौधरीले जानकारी दिनुभयो । पहिलो चरणमा सात घरबास सञ्चालनमा ल्याइएको छ । पाहुनाको आगमन बढेसँगै घरबासको सङ्ख्या पनि बढाइने उहाँको भनाइ छ । विश्व वन्यजन्तु कोष (डब्लुडब्लु एफ)को सहयोगमा घरबास निर्माण गरिएको हो । घरबास सञ्चालनका लागि आवश्यक तालिम दिइएको छ । भीमवली सामुदायिक होमस्टे नगरपालिकाकै पहिलो हो । घरबासमा आउने पाहुनालाई थारुको परम्परागत खानासँगै थारु समुदायको कलासंस्कृतिले मनोरञ्जन प्रदान गरिने अध्यक्ष चौधरीले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.