सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका किसानको समस्या समाधान गर्न सरकारसँग माग


  •    न्युजभित्तो/२६ माघ २०७९, बिहीबार १५:४० 
  • चितवन,२६ माघ । चितवनका किसानको समस्या समाधान गर्न एक दशक देखि कृषि क्षेत्रमा काम गर्दै आएको संस्था फोरएच नेपालले सरकारसँग आग्रह गरेको छ। तरकारीले उचित बजार मूल्य नपाएपछि किसानले सडकमा फालेर विरोध जनाएको एक हप्ता पुग्दा पनि सरकारले कुनै पहल कदमी नगरेको भन्दै फोरएचले सरकारको ध्यानाकर्षण गराएको हो।

    ‘किसानका मागप्रति नेपाल सरकारले चासो नदेखाउनुले सरकार किसानप्रति कति संवेदनशील छ भन्ने कुराको पुष्टि भएको छ,’फोरएच नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ। फोरएचका अध्यक्ष लोकराज अवस्थीद्ले विज्ञप्ति मार्फत् पीडित किसानका माग तत्काल पूरा गर्न र नेपाली किसानले उत्पादन गरेका वस्तुको न्यूनतम मूल्य निर्धारण गर्न माग गरेका छन्।

    विदेशबाट आयात गरिएका तरकारी सस्तो मूल्यमा बजारमा उपलब्ध हुने गरेका कारण नेपाली किसानले उत्पादन गरेका तरकारीले बजार पाउन नसकेको उल्लेख छ। त्यस्तै किसानको लागत मूल्य बढी हुनु, बजारसँग सिधै पहुँच नहुनुले किसानहरूले चर्को सास्ती बेहोर्नु परेको जनाइएको छ। बिचौलियाका कारण किसानले कम मूल्य पाउने गरेको विज्ञप्तिमा उल्लेख छ।

    सरकारले बिचौलियालाई नियन्त्रण गर्न नसकेको र सरकारको बजार मूल्य निर्धारण प्रणाली प्रभावकारी नभएको औंल्याइएको छ। नेपाली कृषि क्षेत्र, कृषि उत्पादन तथा कृषि बजारीकरणबारेमा नेपाल सरकारसँग आवश्यक तथ्यांक, आवश्यकताको पहिचान तथा व्यवस्थापन प्रणाली सम्बन्धी एकिृकत नीति, योजना तथा कार्यक्रमको अभावले कृषि सम्बन्धी समस्याको दिगो समाधान हुन नसकेको उल्लेख छ।

    समस्या माधानका लागि तत्काल एक अधिकार सम्पन्न उच्चस्तरीय समिति गठन गर्न पनि सरकारसँग माग समेत गरेको छ। फोरएचले साना नेपाली किसानलाई पूर्ण अनुदान तथा व्यवसायिक किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराउन पनि माग गरेको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.