सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा फर्किए सन्दीप लामिछाने


  •    न्युजभित्तो/२० माघ २०७९, शुक्रबार १४:५२ 
  • काठमाडौँ,२० माघ। नेपाली क्रिकेट टिमका पुर्वकप्तान सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा फर्किएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश गरेपछि उनी बन्द प्रशिक्षणका लागि त्रिवि क्रिकेट मैदान पुगेका हुन् ।

    क्यानले बिहीबार लामिछानेलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश गरेको थियो । क्यानको खेलाडी छनोट समितिले लामिछानेलाई बन्द प्रशिक्षणमा बोलाएको थियो ।

    क्यानले मंगलबार लामिछानेको निलम्बन फुकुवा गरेसँगै आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिदेशीय सिरिजका लागि पुनः राष्ट्रिय टीममा परेका थिए । लामिछानेको राष्ट्रिय टिममा आवश्यक परेको हुनाले उनलाई बन्द प्रशिक्षणमा बोलाइएको हो ।

    लामिछानेलाई क्यानले गत भदौ २३ गते निलम्वन गर्ने निर्णय गरेको थियो । क्यानको कार्यसम्पादन समितिको बैठकले लामिछानेलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको थियो ।

    यस्तै लामिछानेको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन माग गरेको छ । आज शुक्रबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको हो । लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत गएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.