सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तीन दिने गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफल चितवनको पटिहानीमा


  •    न्युजभित्तो/२० माघ २०७९, शुक्रबार १२:३२ 
  • चितवन,२० माघ । दुर्लभ एकसिङ्गे गैँडा संरक्षणसम्बन्धी छलफल आजदेखि यहाँ सुरु हुँदैछ । एसियाका पाँच देशका उच्च अधिकारीहरूको छलफल सहभागी हुनेछन् । ‘थर्ड राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ मा तीन दिनसम्म चितवनको पटिहानीमा छलफल हुन लागेको हो ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा गणेश पन्तका अनुसार नेपाल, भारत, भुटान, इण्डोनेसिया र मलेसियाका उच्च अधिकारी बैठकमा सहभागी हुनेछन् । नेपालबाट निकुञ्ज र वन विभागका महानिर्देशकसहित मन्त्रालयका सहसचिव बैठकमा सहभागी हुनुहुने उहाँले जानकारी दिनुभयो । 

    यससँगै अरु देशबाट पनि गैँडासँग सम्बन्धित विज्ञ सहभागी हुने उहाँले जानकारी दिनुभयो । फिल्डमा रहेर काम गर्ने कर्मचारी पर्यवेक्षकका रूपमा सहभागी हुनेछन् । उहाँका अनुसार विज्ञहरूले कार्यपत्र र अनुभव आदान–प्रदान गर्नुहुनेछ ।

    विश्वमै सबैभन्दा बढी एकसिङ्गे गैँडा क्रमशः भारत र नेपालमा पाइन्छ । यसको संरक्षणमा देखिएका चुनौतीहरूका विषयमा बृहत् छलफल गरी आगामी योजनाहरू तय गरिने बताइएको छ । यसअघि पहिलो बैठक इण्डोनेसिया र दोस्र्रो बैठक भारतको दिल्लीमा भएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.