सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा पासपोर्ट बनाउनेको संख्या दैनिक तीव्र गतिले बढ्दै


  •    न्युजभित्तो/२० माघ २०७९, शुक्रबार १०:५२ 
  • भरतपुर,२० माघ । चितवनमा पासपोर्ट (राहदानी)का लागि जिल्ला प्रशासन कार्यालयमा आवेदन दिनेकोे संख्या दैनिक बढ्दै गएको छ । गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा चालू आर्थिक वर्ष २०७९/८० मा पासपोर्टका लागि जिल्ला प्रशासन कार्यालयमा आवेदन दिनेको संख्या बढ्दै गएको हो ।

    जिल्ला प्रशासन कार्यालय चितवनको राहादानी विभागमा रहेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७/०७९ मा जम्मा १३ हजार ६५० ले पासपोर्टको लागि आवेदन दिएका थिए । यस्तै चालू आर्थिक वर्ष २०७९/८० को सात महिना अर्थात माघ १७ गतेसम्म ११ हजार ८०६ जनाले पासपोर्टका लागि आवेदन दिएका छन् । जसमध्ये चार हजार ६५४ महिला, पाँच हजार ८८१ पुरुष तथा ९०७ जना नाबालक रहेका छन् ।

    गत वर्षको तुलना गर्दा यस आवमा पासपोर्टका लागि आवेदन दिनेको संख्या जिल्लामा तीव्र गतिले बढ्दै गएको हो । त्यस्तै उक्त तथ्यांक अनुसार प्रशासनले गत वर्ष नौ हजार ५८४ जनालाई पासपोर्ट वितरण गरेको थियो भने यस आर्थिक वर्षको साढे छ महिना भने १० हजार ८४० जनालाई प्रशासले पासपोर्ट वितरण गरेको छ । भरतपुर माहानगरपालिका ११ बसेनी घर भएका एक विद्यार्थी स्वस्तिक सुनारले पछिल्लो समय देशमा राम्रो नीति तथा शैक्षिक योग्यता अनुसारको काम नपाएकै कारण दैनिक हजारौँको संख्यामा युवा विदेशीने गरेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘अब दैनिक विदेसीयका युवालाई देशमै स्थापित गर्न नेपाल सरकारले राम्रो र योग्यता अनुसारको रोजगार सिर्जना गर्नुपर्छ ।’ आफ्नै देशमा केही गरौँ भन्ने सोच भएपनि राम्रो काम नमाउँदा दैनिक घरायसी कारोबार चलाउन कठिन भएको जुगेडीकी एक महिलाले बताउनुभयो । उहाँले सरकारले देशमै रोजगारको व्यवस्था गर्ने हो भने कामकै सिलसिलामा विदेश जान नपर्ने बताउनुभयो ।

    जिल्ला प्रशासन कार्यालय चितवन राहादानी विभागका प्रशासकीय अधिकृत ऋषिराम ढकालले पछिल्लो एक वर्ष यता पासपोर्टको लागि प्रशासनमा सिफारिस दिनेको संख्या एकदमै बढ्दै गएको जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, ‘यहाँ दैनिक ४० वर्ष उमेर समूहका धेरै पासपोर्ट बनाउन आउँछन् । जसमध्ये १२ पास गरेका विद्यार्थी सबै भन्दा धेरै छन् । तर, छोराछोरी विदेश भएको कारण पछिल्लो समय वृद्धावृद्ध पनि पासपोर्ट बनाउन प्रशासन आउने गर्छन् ।’

    उहाँले दिनुभएको जानकारी अनुसार पासपोर्ट बनाउन पहिले अनलाइन मार्फत इन्लोरमेन्ट फर्म भर्नुपर्छ । यसरी अनलाइन फर्म भरेपछि प्रशासनले दिएको मितिमा जिल्ला प्रशासन कार्यालयको राहदानी शाखामा गएर बायोमेट्रिक गर्नुपर्ने तथा राहदानी लिनका लागि एक महिना कुर्नुपर्ने उहाँले जानकारी दिनुभयो । उहाँले दिनुभएको जानकारी अनुसार एक पासपोर्ट तयार गर्न दुई महिना लाग्छ ।

    यस्तै पासपोर्ट नयाँ तथा नवीकरण गर्न पाँच हजार तथा हराएको र एक पटक बिग्रेको राहदानी पुनः बनाउन १० हजार रुपैयाँ लाग्ने उहाँले बताउनुभयो । उहाँको अनुसार पासपोर्ट बनाउन डकुमेन्ट, नवीकरण गर्न पुरानो राहदानी, बाहिर जिल्लाको भए बसाइँसराइको कागज, विवाह भएकाले विवाह दर्ताको सबै सक्कल कागज ल्याउनुपर्ने हुन्छ र पछिल्लो समय भने राष्ट्रिय परिचय पत्रको नम्बर पनि अनिवार्य भएकोले परिचयपत्रको कार्ड भए कार्ड नभए फोटो खिचाउँदा दिएको कागज ल्याउनुपर्ने उहाँको भनाइ छ ।

    पहिले १२ बजे दैनिक १२० को दरले पासपोर्टको लागि कोटा खुला गर्दै आएको थियो । तर, माघ १८ गतेबाट राहदानी विभागको सूचना अनुसार सेवालाई सरल, सहज र झन्झटरहित बनाउन कार्यालयको क्षमता अनुसार एक महिनामा करिब तीन हजारको संख्यामा अनलाइन आवेदन खुला गरिएको उहाँको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.