सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एसपी र डिएसपीको व्यापक हेरफेर, चितवनमा को–को फेरिए ?


  •    न्युजभित्तो/२० माघ २०७९, शुक्रबार १०:४५ 
  • चितवन,२० माघ ।  प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डिएसपी)हरुको व्यापक सरुवा गरेको छ । चितवनका दुई एसपी र डिएसपीको पनि सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक नवराज अधिकारी र इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक रविनबाबु रेग्मीको सरूवा भएको छ। 

    जिल्ला प्रहरी कार्यालयको प्रमुख अधिकारी केन्द्रीय अनुसन्धान ब्यूरो पिलर ८ काठमाडौँ सरूवा भएका छन् । अधिकारीको ठाउँमा नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलमा कार्यरत रामेश्वर कार्की आउने भएका छन् ।

    इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख रेग्मी जिल्ला प्रहरी कार्यालय तनहुँ सरूवा भएका हुन्। उनको ठाउँमा राष्ट्रिय सुरक्षा परिषद् सचिवालय सिंहदरबारमा कार्यरत डिएसपी अनिल कुमार खड्का आउने भएका छन् ।

    अपराध अनुसन्धान विद्यालय महाराजगंज काठमाडौँ कार्यरत एसपी रवि कुमार पौडेल नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनमा सरुवा भएको छ । यहाँ कार्यरत एसपी टेकुनन्द ईवा लिम्बुको जिल्ला प्रहरी कार्यालय सिराहा सरुवा गरिएको छ ।

    नेपाल प्रहरी प्रदेश कार्यालय पोखरामा कार्यरत एसपी प्रकाश रानाभाटको नेपाल प्रहरी शिक्षालय भरतपुरमा सरुवा भएको छ ।

    बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत डिएसपी विजयराज पण्डितको दरबन्दी चितवनमै तोकिएको छ । जिप्रका चितवनका अर्का डिएसपी नरहरी अधिकारीको सरुवा गरेर उनको ठाउँमा विजयराज पण्डितलाई राखिएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.