सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काम सुरु गरेको ४३ महिनापछि नारायणगढ-बुटवल सडकमा ११ सय मिटर कालोपत्रे


  •    न्युजभित्तो/२० माघ २०७९, शुक्रबार १०:४२ 
  • नवलपुर,२० माघ। बुटवल–नारायणगढ फराकिलो पार्ने काम सुरु गरेको ४३ महिनापछि बल्ल ११ सय मिटर कालोपत्रे गरिएको छ । राजमार्गको भेंडाबारी– हर्कपुर खण्डमा ११ सय मिटर सडक कालोपत्रे भएको हो । इन्जिनियर राकेश झाका अनुसार कालोपत्रे गरिएको त्यो खण्डमा ६ सेन्टिमिटर बाक्लो पिच गरिएको छ । त्यहाँ अझै ४ सेन्टिमिटर कालोपत्रे (बाक्लो) थपिने छ । महेन्द्रराजमार्ग ठेक्का लिएको ४३ महिनापछि राजमार्गमा पहिलो पटक यति लामो पिच देख्न पाइएको हो । त्यहीं खण्डमा दुई साता अघि १ सय २० मिटर कालोपत्रे परीक्षण गरिएको थियो । यसअघि गरिएको परीक्षण कालोपत्रेदेखि पश्चिमतर्फ बुधबार ९ सय ८० मिटर थपेर कुल ११ सय मिटर थप गरिएको हो ।

    ६ लेनको सडक अन्तर्गत पहिलो पटक परीक्षणका लागि एक लेन मात्र पिच (कालोपत्रे) गरिएको हो । यसै ठाउँमा थप अर्को लेन पनि कालोपत्रे गरेर आवगमन खोल्ने कि अन्यत्र गर्ने भन्नेमा प्राविधिकहरुबीच छलफल भइरहेको इन्जिजियर झाले बताए । राजमार्ग निर्माणको काम कछुवा गतिमा भइरहेको भन्दै आलोचना भइरहँदा राजमार्गमा ४३ महिनायता पहिलो पटक एक लेनमा कालोपत्रे भएको हो ।

    उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले गत साता राजमार्गको स्थलगत निरीक्षण गरेर चाँडो सडक निर्माण सक्न आग्रह गरेका थिए । राजमार्ग ठेक्का लिएको ३ वर्षको अवधिमा सडक निर्माणको काम सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने सम्झौता भएपनि यो खण्डमा बुधबारसम्म २३ प्रतिशत मात्र काम सम्पन्न भएको छ । गत साउन २२ गते ३ वर्षे अवधि सकिएपछि एक वर्ष थपिएको छ ।

    बुटवल नारायणगढ सडक खण्डको १ सय १४ किलोमिटर राजमार्ग फराकिलो पार्न चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले करिब १७ अर्बमा ठेक्का लिएको हो । राजमार्ग फारकिलो पार्ने भन्दै पुरानो पिच उप्काएपछि राजमार्ग धुलाम्मे छ । राजमार्ग निर्माणका क्रममा धुलो उड्न नदिन पानी हाल्नु पर्ने सम्झौता भएपनि नियमित नहुँदा स्थानीय तथा यात्रुहरुले सास्ती व्यहोर्दै आएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.