सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका प्रधानाध्यापक कँडेलविरुद्ध अख्तियारद्धारा भ्रष्टाचार मुद्दा दायर


  •    न्युजभित्तो/१९ माघ २०७९, बिहीबार १०:२४ 
  • चितवन, १९ माघ । शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको आरोपमा भीमोदय नमुना माध्यमिक विद्यालय चितवनका प्रधानाध्यापक हरिप्रसाद कँडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चितवन कालिका नगरपालिका–५ बस्ने प्रधानाध्यापक कँडेलमाथि बुधबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । झुठा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी भीमोदय माविको शिक्षक पदमा नियुक्त भई हालसम्म लाभ लिई भ्रष्टाचार गरेको देखिएकाले उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिमानाको सजाय हुने अभियोगसहितको माग/दाबी गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

    कँडेलले जागिर प्रवेश गर्दा भीमोदय माविबाट एसएलसीदेखि नेपाल–भारतका विभिन्न विश्वविद्यालयमा विभिन्न तह उत्तीर्ण गरेको र विद्यावारिधि अध्ययनरत रहेको भुठा विवरण फाराममा उल्लेख गरेका छन् । उनको कागजातका विषयमा आयोगका अनुसन्धान अधिकृतद्वय सेमन्तमणि आचार्य र राजकुमार श्रेष्ठले अनुसन्धान गरेका थिए । प्रधानाध्यापक कँडेलको शिक्षा विकास तथा समन्वय इकाई चितवनमा दुईवटा फाइल फेला परेको, फाइलमा सिटरोल फाराम संलग्न नभएको, दुईवटा फाइल खडा भएको सम्बन्धमा कार्यालयबाट स्पष्ट जानकारी नदिइएको लगायत कैफियत फेला परेको थियो ।

    कँडेलले आईएको ट्रान्सक्रिप्ट बनाउँदा पनि नक्कली बनाएको र ट्रान्सक्रिप्ट त्रिभूवन विश्वविद्यालयको रेकर्डमा भिडाउँदा विश्वविद्यालयको अभिलेखमा सो नम्बर नभएको पाइएको छ । जसका कारण कँडेलले प्रयोग गरेको आईएको सर्टिफिकेट पनि नक्कली भएको पाइएको छ । यसैगरी, कँडेलको स्नातक तहको सर्टिफिकेट पनि नक्कली रहेको पाइएको छ । अख्तियारको छानबिन टोलीले कँडेलले पेस गरेका विभिन्न तहका शैक्षिक प्रमाणपत्रसमेत नक्कली र झुठा रहेको फेला पारेको छ ।

    आचार्यको प्रतिवेदनअनुसार कँडेलले युनाइटेड टेक्निकल कलेज भरतपुर–११ मा सन् २०१८ मा एक सेमेस्टर मात्र अध्यापन गराएको भेटिएको छ । कँडेलले सो समयमा पेस गरेका शैक्षिक योग्यताका प्रमाणपत्रहरू फेला नपरेको तर उनले अध्यापन गर्नुपूर्व आफ्नै इमेलमार्फत सो कलेजको प्रशासन शाखामा पठाएको बायोडाटासहितको विवरण एवं इमेलको प्रिन्ट प्रति कलेज प्रशासनबाट प्रमाणित गरी लिएको जस्ता विषय आचार्यको प्रतिवेदनमा उल्लेख छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.