सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेर फोहोर बग्दा यात्रुलाई सास्ती
न्युजभित्तो/१८ माघ २०७९, बुधबार ११:१४
काठमाडौँ, १८ माघ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी गेटमा ढल फुट्दा बिजोग भएको छ । हिजो मंगलबारदेखि ढल फुटेर फोहोर बगेको हो ।
तर उक्त फोहोर आज बिहानसम्म पनि सफा गरिएको छैन । ढलबाट निस्किएको फोहोरले बाटो हिलाम्य छ । त्यही माथिबाट गाडीहरु गुड्दा अनामनगर घट्टेकुलो चोकसम्मै सडक फोहोर भएको छ । पैदलयात्रुहरुलाई बाटो छिचोल्नै कठिन भएको छ ।