सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जलदेवी सामुदायिक वनका अध्यक्षसहित ५ जना पदाधिकारी विरुद्ध पक्राउ पुर्जी जारी


  •    न्युजभित्तो/१६ माघ २०७९, सोमबार १३:०० 
  • चितवन,१६ माघ । चितवनको जलदेवी सामुदायिक वनका अध्यक्षसहित ५ जना पदाधिकारी विरुद्ध डिभिजन वन कार्यालय भरतपुरले पक्राउ पुर्जी जारी गरेको छ । सामुदायिक वनका अध्यक्ष माधव देवकोटा, उपाध्यक्ष ऋषिकेश अर्याल, सहसचिव माधव भुषाल, कोषाध्यक्ष लक्ष्मी पाठक महतो, पार्क व्यवस्थापन समिति संयोजकसहितका पाँच पदाधिकारीविरुद्ध पक्राउ पूर्जी जारी गरिएको सव–डिभिजन अधिकृत शान्ति शर्माले जानकारी दिइन् ।

    वन ऐन विरुद्ध हुने गरी ४८ क्युफिट सालको चिरान काठ अवैध रुपमा लुकाएर राखेको भेटिएपछि उनीहरुविरुद्ध मुद्दा दर्ता गरेर पक्राउ पुर्जी जारी गरिएको शर्माले बताइन् । पक्राउ पुर्जी जारी सबै जना फरार छन् ।

    फरार भएका उनीहरुको खोजी गर्न सशस्त्र वन रक्षकहरुलाई परिचालन गरिएको छ । डिभिजन वन कार्यालय चितवनले शुक्रबार ४८ क्यूफिट सालको चिरान काठ बरामद गरेको थियो । भरतपुर आँपटारी नजिकै रहेको यो सामुदायिक वनमा काठ काटेर लुकाएको सूचना आएपछि गत मंसिर २३ गते चितवन क्षेत्र नं. २ का सांसद रवि लामिछानेसहित डिभिजन वन कार्यालयका कर्मचारीहरुले काठ बरामद गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.