सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डोजर चलेको एक महिनासम्म पनि भरतपुर अस्तव्यस्त व्यवसायी भन्छन्ः व्यापार धरासायी बन्यो


  •    न्युजभित्तो/१६ माघ २०७९, सोमबार ११:११ 
  • चितवन,१६ माघ।  नारायणगढको पुलचोकदेखि वीरेन्द्र क्याम्पससम्मका घरहरुमा सडक डिभिजन कार्यालय भरतपुरले डोजर चलाएको एक महिना बितिसकेको छ ।

    सडक फराकिलो पार्न भत्काइएका संरचनाको अहिले मर्मत सम्भारकोे काम भइरहेको छ । जसका कारण चितवनकै मुख्य बजार क्षेत्र मानिने नारायणगढ बजार अस्तव्यस्तसँगै सुनसान देख्न सकिन्छ । चारैतिर भत्किएका भवन र कंक्रिट फोहोरका कारण व्यवसायीको आम्दानीमा गिरावट आएको रामप्रसाद शर्माले बताए ।

    न्यू सिजनल होटल एण्ड लजका शर्माले भने, ‘घर बाहिरबाट नै हेर्दा ग्राहक भित्र पस्नै डराउने स्थिति छ । भत्केको घरसँगै धुवाधूलो र ध्वनी प्रदूषण उतिकै छ । भित्र बसेर आनन्दले खाने अवस्था छैन । व्यापारको सिजनमा एक्दमै मारमा परियो ।’

    दोहोरो मारमा व्यवसायी परेको शर्माले सुनाए । ‘व्यापारत छँदै छैन भन्दा हुन्छ । एक्दमै घाटामा छौं । उता भत्किएको संरचना घरधनीले बनाउनुपर्नेमा हामी आफैले बनाउनु परेको छ । ‘व्यवसायी दोहोरो मारमा परेका छौं’, उनले सुनाए । वरिपरिका चिनेजानेका मानिस खाजा पानीका लागि आउने भएकाले मात्र लजको सटर खोलेको उनले बताए । शर्माले भत्किएको संरचना चाडो बने व्यापार व्यवसाय लयमा फर्किने विचार राखे ।

    कपडा व्यवसायी रणदिपप्रसाद अग्रवालले व्यवसायी धरासायी बनेको बताए । ‘सडक विस्तारको लागि घर भत्काउन लागेको कुरा थाहा थियो तर व्यवसायलाई नै मार पर्ने गरी विकास निर्माणको काम हुन्छ भन्ने सोचेको थिइन । व्यापार शून्य हुन्छ भन्ने झनै लागेको थिएन । अहिले हेर्नुस् बजारमा एउटा ग्राहक छैन । सुनसान छ’, उनले गुनासो गरे ।

    टाउन सेन्टरका व्यवसायी रामसिंह गुप्ताले व्यापार नहँदुा पसल बन्द गर्ने अवस्था सिर्जना भएको बताए । उनले भने, ‘व्यापार नहुँदा सटर बन्द गरेर मान्छेहरु बसेका छन् । म सटर भाडाको केही रकम भए नी उठ्छ की भन्ने आशले खोलेर बसेको छु । दिनभरी कु¥यो १२, १ बजे बल्लबल्ल बोनी हुन्छ ।’ बजारमा घर भत्कँदा कतिपय सेवाग्राहीले आफूले खोजेको बैँक र पसल पनि पत्ता लगाउन नसक्ने अवस्था छ । पसल र बैँकका बोर्ड नभएकोले पनि सेवाग्राहीलाई समस्या परेको हो ।

    नारायणगढको सिद्धार्थ बैँकमा पैसा निकाल्न पुगेकी बसेनीकी कल्पना दाहालले बैँकको बोर्ड नदेख्दा कता छ बैँक भनेर पत्ता लगाउन नै समस्या परेको नारायणी अनलाइनलाई बताइन् । उनले भनिन्, ‘ सबै घर भत्केकोले ठूलो बोर्ड नदेख्दा समस्या प¥यो । पछि सोधेर नै पत्ता लगाए । बैँकमा छिर्ने ठाउँमा सडक भत्केकोले बल्लबल्ल कसैलाई तान्न लगाएर माथि उक्लिएर बैँकमा पुगेँ ।’

    उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले डोजरका कारण करिब दुई अर्बको नोक्सानी भएको जानकारी दिए । उनले भने, ‘विकास निमार्णको कामले प्रत्यक्षरुपमा व्यवसायीनै मारमा परेका छन् । हाम्रो पारम्भिक अध्ययनका अनुसार व्यवसायी र घरधनीहरु गरी लगभग दुई अर्ब जतिको नोक्सानी भएको पाइएको छ ।’ सहमति अनुसार काम नहुँदा व्यवसाय र घरधनीलाई असर बढी परेको उनको दाबी छ ।

    व्यवसायलाई पुरानै लयमा ल्याउन दुुर्तगतीमा काम गर्न सडक डिभिजन र निर्माण काम्पनीलाई आग्रह गरिरहेको श्रेष्ठले बताए । सडक डिभिजनले गत पुस ८ गते शुक्रबारदेखि १२ दिनसम्म यस बजार क्षेत्रका ५८ वटा घर टहराको अगाडिको संरचना भत्काएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.