हुचिल उत्सवमा पत्रकार रमेशकुमार पौडेललाई राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार
न्युजभित्तो/१४ माघ २०७९, शनिबार ०९:३५
चितवन, १४ माघ । पत्रकार रमेश कुमार पौडेललाई राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार प्रदान गरिने भएको छ । नेपाल लाटोकोसेरो तथा हुचिल उत्सवमा पत्रकार पौडेललाई पुरस्कार प्रदान गर्न लागिएको हो । हुचिल उत्सव यही माघ २० र २१ गते कैलालीमा हुँदैछ ।
उत्सवको अन्तिम दिन चार जना अनुसन्धानकर्मी र संरक्षणकर्मीहरुलाई संरक्षणको क्षेत्रमा गरेको योगदानको कदर गर्दै “प्रकृति संरक्षण पुरस्कार” प्रदान गर्न लागिएको हो । संरक्षणकर्मीहरुलाई जनही २५ हजार रुपैयाँ सहित ताम्रपत्र तथा दोसल्लाबाट सम्मान गरिने छ । पत्रकार पौडेलसँगै यसवर्ष पुरस्कृत हुनेहरुमा बारेकोटे गाउँपालिका, जाजरकोटका संरक्षणकर्मी गोविन्द बहादुर सिंह, काठमाडौँ, गोकर्णेश्वर–४ का अनुसन्धानकर्मी हेमबहादुर कटुवाल र भारतीय वैज्ञानिक डा. सतीश अ. पांडे रहनु भएको छ ।
पत्रकार पौडेल कान्तिपुर दैनिकका चितवन संवाददाता हुनुहुन्छ । उहाँ लामो समयदेखि संरक्षणको क्षेत्रमा कलम चलनाउँदै आईरहनु भएको छ ।