सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रेमप्रसाद आचार्यलाई न्याय माग गर्दै चितवनका युवा व्यवसायीहरुले सांकेतिक खबरदारी गरे


  •    न्युजभित्तो/१२ माघ २०७९, बिहीबार १५:४९ 
  • चितवन, १२ माघ ।  नयाँ बानेश्वरको सांसद भवन अगाडि आफैंमाथि आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यलाई न्याय माग गर्दै चितवनका युवा व्यवसायीहरुले सांकेतिक खबरदारी गरेका छन् । युवाहरूको स्वस्फूर्त आह्वानबाट बुधबार चौबिसकोठीमा भेला भई आचार्यको न्यायका लागि खबरदारी गरेका हुन् ।
    व्यवसायीहरूले मौन धारण गर्दै आचार्यलाई दीप प्रज्वलन गरी श्रद्धाञ्जलीसमेत दिएका थिए । स्वः आचार्यले मंगलबार आत्मदाह गरेका थिए । खबरदारी तथा दीपप्रज्वलन कार्यक्रममा व्यवसायी कलपना पौडेलले स्वः आचार्यको जस्तै समस्यामा धेरै युवा व्यवसायी रहेको बताए । उनले भनिन्, ‘उहाँले खप्न नसकेर आगो लगाएर आत्मदाह गर्नुभयो तर यहाँ भित्र भित्रै जल्नेहरु पनि छन् ।’

    पौडेलले सरकारले स्वः आचार्यको जिम्मेवारी लिनुपर्नेमा जोड दिइन् । ‘उनले त्यसै आत्महत्या गरेका होइनन् । राज्य प्रणाली र बैंकहरु यसमा जिम्मेवार छन् । यसमा सरकार जिम्मेवार हुनु पर्छ,’ उनले भनिन् । युवा ब्यवसायी मेघराज पौडेलले राज्यलाई झक्झकाउने बेला आएको जीकिर गरे । उनले प्रश्न गरिन् ‘निराकार पाण्डे हाम फालेर मर्दै गर्दा विदेश जान बाध्य कसले बनायो ? प्रेम आचार्य सांसद भवन अगाडि जलेर मर्न बाध्य कसले गरायो ? सबैले सोचेर सरकारलाई झक्झकाउन आवश्यक छ ।’ कर लिने सरकारले देशबासी व्यवसायीको ज्यानको सुरक्षा गर्न नसकेको प्रति पौडेलले दुःख व्यक्त गरिन् ।

    बैँकहरुले सहुलियतको नाममा व्यवसायीलाई शिकार बनाइरहेको पौडेलले आरोप समेत लगाइन् । उनले भनिन्, ‘७ प्रतिशतमा लिएको ऋण बैंकले १२ देखि १४ सम्म पु¥याउँछ । त्यही थेग्न नसकेर उनले आफूलाई आगोमा जलाए ।’

    स्वः आचार्यको आत्मदाह राज्यबाट गरिएको अपराध रहेको देवेन्द्र श्रेष्ठले बताए । उनले भने, ‘युवाहरुले बगाएका पसिनाले सरकारले तलब भत्ता खादै आएको छ । यही सरकारले आगोमा जिउदै जल्नुपर्ने अवस्था सिर्जना गरेको छ । यो राज्यले नै गरेको अपराध हो ।’

    सन्देश वगालेले देशको उद्योग तथा व्यसायको अवस्था हेरी बैँकहरु अगाडि बढेको भए आज स्वः आचार्य सकुसल हुने धारणा राखे । आचार्यको जस्तो अवस्था अन्य युवाले भोग्न नपरोस् भनेर उद्देश्यले कार्यक्रम गरिएको दिपप्रज्वलन कार्यक्रमका संयोजक अन्जन दवाडीले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.