सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गृहमन्त्रीको पुरानो नागरिकता मान्य होला कि मन्त्री पद जाला ?


  •    न्युजभित्तो/११ माघ २०७९, बुधबार ११:०६ 
  • चितवन, ११ माघ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पदको निरन्तरतासँग जोडिएको उनको नागरिकता विवादमा सर्वोच्च अदालतमा आजदेखि अन्तिम सुनुवाइ हुदैछ । लामिछानेले अमेरिकाको नागरिकता लिँदा नेपाली नागरिकता कायम रहेको वा नरहेको र उनले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन फेरि आवेदन दिनुपर्ने थियो वा थिएन भन्ने विवाद सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ । अमेरिका हुँदा त्यहाँको नागरिकता लिएका लामिछाने नेपाल आएर सञ्चारकर्म गरिरहँदा विवाद भएपछि त्यहाँको नागरिकता त्यागेका थिए । अमेरिकाको नागरिकता त्यागेपछि नेपालको नागरिकता फेरि कायम गर्ने प्रक्रिया पूरा नगरेको भनी उनको सांसद पद खारेज हुनुपर्ने मागदावी सहितको सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।

    ‘दोहोरो नागरिकता, नागरिकता परित्याग र पुन कायम गर्ने विषयमा यो विवाद महत्वपूर्ण नजीर हुने र दूरगामी महत्व राख्ने देखिन्छ’ बरिष्ठ अधिवक्ता एवं संवैधानिक कानुनका ज्ञाता दिनेश त्रिपाठी भन्छन्, ‘अर्कोतर्फ यो संवैधानिक इजलास हो, ५ जना न्यायाधीशले गर्ने फैसला पुनरावलोकन पनि नहुने भएकाले प्रतिनिधिसभा विघटनपछि निकै महत्वपूर्ण र संवैधानिक व्याख्याको अवसर छ ।’

    लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि फेरि नागरिकता कायम गराउन निवेदन नदिएकाले उनको पुरानो नागरिकता प्रमाणपत्र बैध नहुने दावी रिट निवेदकको छ । गृहमन्त्री लामिछानेले भने आफूले नागरिकता परित्याग नगरेको दावी गरेका छन् । अमेरिकाको नागरिकता लिएपछि नेपालको नागरिकता कायम नरहे पनि त्यताको त्याग्नासाथ स्वतः कायम हुने उनको दावी छ ।

    गृह मन्त्रालयले पनि लामिछानेको लिखित जवाफसँग मेल खाने जवाफ सर्वोच्च अदालतमा पठाएको छ । लिखित जवाफमा भनिएको छ, ‘कुनै नेपाली नागरिकले अन्य देशको नागरिकता प्राप्त गरेको जानकारी तोकिएको अधिकारीलाई आधिकारिक रुपमा प्राप्त नभएसम्म तोकिएको अधिकारीले त्यस्तो व्यक्ति नेपाली नागरिक कायम नरहेको भनी अनुमान गरी कारवाही प्रक्रिया अगाडि बढाउन मिल्ने देखिँदैन ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.