सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढ–बुटवल सडक विस्तारमा फेरि ढिलासुस्ती


  •    न्युजभित्तो/१० माघ २०७९, मंगलवार १०:५९ 
  • नवलपुर,१० माघ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा फेरि ढिलासुस्ती भएको छ । सडक विस्तारको जिम्मा पाएको चिनियाँ ठेकेदारले नवलपरासी खण्डको ४२ किमि सडक क्षेत्रमा दुई वटा मात्रै डोजरबाट कछुवा गतिमा काम गरिरहेको छ । राजमार्गको डन्डादेखि पश्चिम दाउन्नेसम्मको ४२ किमि खण्डमा जम्मा दुई वटा डोजर र ६ जना कामदार राखेर काम गरिरहेको हो । त्यति लामो खण्डमा फटाफट काम सम्पन्न गर्न दर्जनौं डोजर श्रमिक खटाउनुपर्नेमा यस क्षेत्रमा चरम लापरबाही भएको छ । अधिकांश क्षेत्र जंगल रहेको त्यस खण्डमा राजमार्ग फराकिलो पार्ने काममा खटेका जनशक्ति र मेसिन देख्नसमेत पाइँदैन ।

    राजमार्गअन्तर्गत चोरमारा र अरुणखोलाबीचको गन्डार खोलामा नयाँ पुल निर्माण गर्न दुई डोजरले सडक भत्काउन थालेका छन् । त्यसबाहेक दाउन्नेदेखि पूर्व कावासोतीको डन्डाबजारसम्मको क्षेत्रमा (४२ किमि सडक क्षेत्र) मा कहीँकतै कुनै काम गरेको छैन । सडक निर्माणको ठेक्का लिएको चिनियाँ ठेकेदारको काम गर्ने तौरतरिका देखेर आफू छक्क परेको मध्यबिन्दु नगरपालिकाका मेयर भीमलाल अधिकारी बताउँछन् । ‘सडकमा भइरहेको कामको अनुगमन गर्ने नेपाल सरकारका निकाय होलान्, तिनले के हेरेर बस्छन् । आश्चर्य छ,’ उनले भने, ‘सडक निर्माणका नाममा जताततै डाइभर्सन बनाएर जोखिम बढाइएको छ । काम गर्ने औजार र मान्छे राजमार्गमा देखिँदै देखिँदैनन् ।’

    ०७३ मा राममार्ग ठेक्का लिँदा चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले काम सुरु गरेको ३ वर्षभित्र सडक निर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौता थियो । काम थालेको ४२ महिनामा २३ प्रतिशत मात्र काम सकिएको चिनियाँ ठेकेदार कम्पनीका इन्जिनियर राकेश झा बताउँछन् । रूख कटान र विद्युत्का पोल सार्न पर्ने सरकारी प्रक्रिया लामो र झन्झटिलो भएका कारण काममा केही ढिलाइ भएको उनको दाबी छ । त्यसमाथि कोरोनाकालमा काम ठप्प भएका कारण राजमार्गको प्रगति नदेखिएको झाको दाबी छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.