सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धुर्मुस–सुन्तली फाउण्डेसनले ऋणको छिनोफानो गरे रंगशालाको काम अघि बढ्छ: मेयर दाहाल


  •    न्युजभित्तो/९ माघ २०७९, सोमबार ११:३६ 
  • चितवन,९ माघ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले धुर्मुस–सुन्तली फाउण्डेसनले रंगशाला निर्माणमा लागेको ऋणको छिनोफानो गरे भोलिबाटै निर्माणको काम अगाडि बढ्ने बताएकी छन् । एक टेलिभिजन कार्यक्रममा कुराकानी गर्दै दाहालले रंगशाला निर्माणको काम अधुरो भएकोमा आफू चिन्तित भएको बताउँदै ऋणले निर्माणको काम अगाडि बढाउन समस्या भएको बताएकी हुन् । उनले रंगशाला निर्माणमा आफू इमान्दार रहेको भन्दै रंगशालाको कुरा फाउण्डेसन र महानगरपालिकाको बीचमा सम्झौता भएको बताइन् । उनले भनिन्, ‘सम्झौतामा धुर्मुस–सुन्तली फाउण्डेसनले स्रोत जुटाएर रंगशाला बनाउने र महानगरले जग्गा उपलब्ध गराउने सम्झौता भएको हो । निर्माण सम्पन्न भएपछि महानगरलाई हस्तान्तरण गर्ने भन्ने थियो ।’ उनले फाउण्डेसनले ऋण तिरेपछि बाँकी काम पूरा गर्ने आफूहरुको दायित्व भएको बताएकी छन् ।

    उनले भनिन्, ‘ऋण नहुन्थ्यो भने प्राथमिकतामा रंगशालामा योजना छ । संघीय सरकारले २२ करोड छुट्याएको छ । ऋण तिर्न कानुनी अड्चन छ । मन्त्रीमण्डलको कयौपटक बैठक बसे पनि उपाय नै निस्केन ।’ उनले अन्तरवार्तामा धुर्मुस सुन्तलीले ऋण गरी गरी रंगशाला निर्माणको काम गर्न नहुने बताइन् । मेयर दाहाले भनिन्, ‘ऋण तिर्ने उपायकै बारेमा लागिरहेका छौं । मेरो सबैभन्दा चिन्ताको विषय नै रंगशाला नै छ । ऋण तिरियो भने अगाडि बढ्छ, नत्र फाउण्डेसनले अर्काै उपाय चलाएर ऋण तिर्नुपर्छ । सबैले सहयोग गरेर त्यती बन्यो । ऋण भएको कारणले काम अगाडि बढ्न सकेन । फाउण्डेसनले ऋण लाउनुहुन्थेन ।’

    उनले मेयरको रुपमा पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेर दोस्रो कार्यकाल घेराबन्दीको बीचबाट पनि भरतपुरकी मेयरको रुपमा जित्न सफल भएको दाबी गरिन् । उनले भनिन्, ‘मेरो पारिवारिक र व्यक्तिगत जीवन छैन । सहजरुपमा जो कोही काम लिएर घरमा वा कार्यालयमा आउन सक्नुहुन्छ । भरतपुरको कामले दुई दिन पनि काठमाडौँ गएर बस्न सक्दिन ।’ उनले जेठो सन्तान हुनुको नाताले , बुबालाई हौसला दिनको लागि सल्लाह सुझाव दिनको लागि, बफादार सिपाहीरुपमा बेलाबेलामा काठमाडौँ जाने गरेको विचार राखिन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.