सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा माघ भित्रै सवारी लाइसेन्स दिनेगरी काम अघि बढ्दै


  •    न्युजभित्तो/९ माघ २०७९, सोमबार ११:२१ 
  • चितवन,९ माघ । यातायात व्यवस्था कार्यालय चितवनले माघ महिनामै सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिनेगरी काम अघि बढाएको छ। सद्गुरु मोटर ड्राइभिङले हालेको मुद्धामा सर्वाेच्च अदालतले उत्प्रेषणको आदेश जारी नगरेपछि यातायात कार्यालयले ट्रायल सेन्टरसँग सम्झौता गरीसकेको छ। शुन्य रुपैयाँमै ट्रायल सेन्टर उपलब्ध गराउने प्रस्ताव पेश गरेको महालक्ष्मी ट्रायल सेन्टरसँग यातायात कार्यालयले सम्झौता गरेको हो।
    एक पैसा शुल्क लिने प्रस्ताव पेश गरेको सद्गुरु छनौटमा नपरेपछि उसले सर्वाेच्चमा यातायात कार्यालय र महालक्ष्मी विरुद्ध रिट हालेको हो।

    सर्वाेच्चले उत्प्रेषणको आदेश जारी नगरेपनि मुद्धा अदालतमा विचाराधिन अवस्थामा नै छ। सर्वाेच्चले के कसो भएको हो भनि सोधेको प्रश्नको जवाफ यातायात कार्यालयले गएको शुक्रबार नै पेश गरिसकेको यातायात कार्यालय चितवनका प्रमुख कालीबहादुर भुजेलले जानकारी दिए।

    यसअघि ट्रायल सेन्टरको प्राविधिक मूल्यांकनका क्रममा चितवन ड्राइभिङ सेन्टरले निश्चित ट्रायल सेन्टरलाई आधार मानेर मापदण्ड बनाएको भन्दै सर्वाेच्चमा रिट हालेको थियो।

    अहिले यातायात व्यवस्था कार्यालयको नयाँ भवमा लाइसेन्स र नविकरण फाँटको लागि अस्थायी (टिनको टहरा) संरचना बन्दै छ। उक्त टहरामा ६ वटा कोठा बनाउने तयारी भइरहेको भुजेलले जानकारी दिए। उक्त संरचना माघको अन्तिम सातामा निर्माण सम्पन्न भइसक्ने अपेक्षा गरिएको छ। त्यस लगत्तै लाइसेन्सको सेवा सुरु हुने उनले बताए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.