सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रेस चौतारीकाे कल्याणकारी काेषमा हरि पोखरेलकाे आर्थिक सहयोग


  •    न्युजभित्तो/८ माघ २०७९, आईतवार १८:२७ 
  • चितवन, ८ माघ । प्रेस चौतारी चितवनका संस्थापक हरिप्रसाद पोखरेलले आफ्नो जन्मदिनको अवसरमा प्रेस चौतारी चितवनले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा आर्थिक सहयोग गरेका छन् ।

    प्रेस चौतारी चितवनका पूर्व अध्यक्ष तथा पत्रकार महासंघ चितवनका पूर्व अध्यक्षसमेत रहेका पत्रकार पोखरेलले जन्मदिनको अवसरमा ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् । संगठनका जिल्ला अध्यक्ष सुवास पण्डितमार्फत कोषका लागि सो रकम सहयोग गरेको पोखरेलले बताए ।

    चौतारी चितवनले स्थापना गरेको कोषले पत्रकारहरुको हक, हित सुरक्षा र समस्यामा सानो भए पनि योगदान हुने ठानेर सहयोग गरेको पोखरेलले बताए । आफूले जन्माएको संगठनले सिर्जनात्मक र रचनात्मक उद्देश्य राखेर कोषको स्थापना गरेकोमा आफू खुसी भएको पोखरेलले बताए ।

    चौतारी चितवनका अध्यक्ष सुवास पण्डितका अनुसार पत्रकारिता पेसामा निरन्तर लागिरहेका पत्रकारहरुलाई असहज अवस्था सिर्जना हुँदा आर्थिक रुपमा सहयोग गर्ने, उत्कृष्ट कार्य गरे वापत पुरस्कार तथा सम्मान गर्ने र संगठनलाई चलायमान बनाउने मुख्य उद्देश्य राखेर कोष स्थापना गरिएको हो ।

    प्रेस चौतारी चितवनले पत्रकारलाई स्वास्थ्य उपचारमा सहयोग पु¥याउनु, संगठन सुदृढिकरण र पत्रकारहरुको क्षमता अभिबृद्धिका कार्यक्रम गर्न, पत्रकारहरु बिरामी वा दुर्घटनामा परी उपचार गर्नुपर्ने अवस्थामा निजको आर्थिक अवस्थाले थेग्न नसक्ने अवस्था आएमा सहयोग गर्ने जनाएको छ । साथैं चौतारीमा आवद्ध कुनै सदस्यको मृत्यु भएमा कोषबाट आर्जित व्याज तथा अन्य सहयोगबाट २० हजार रुपैयाँ सहयोग गर्नु लगायतका विभिन्न उद्देश्य कोषको रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.