सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर–टहरा भत्काउने क्रममा धरानमा झडप


  •    न्युजभित्तो/८ माघ २०७९, आईतवार १५:३४ 
  • मोरङ, ८ माघ।  सार्वजनिक जग्गा अतिक्रमण गरी बसेकालाई हटाउने क्रममा धरान उपमहानगरपालिका–५ मा झडप भएको छ। वडा नम्बर ५ देउरालीमा आइतबार बिहान सुरक्षाकर्मीसहित धरान उपमहानगरको टोली अतिक्रमित घरटहरा भत्काउन पुग्दा झडप भएको हो।

    इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक बुद्ध श्रेष्ठले सार्वजनिक क्षेत्रमा घर निर्माण भएपछि हटाउने क्रममा सामान्य झडप भएको जानकारी दिए। धरान–५ को खार खोला र अँधेरी खोलाको सङ्गमस्थलमा रहेको क्षेत्रमा घर निर्माण कार्य हुँदै आएको उनले बताए।

    घर भत्काउनका लागि डोजर लैजाँदै गर्दा स्थानीयले ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन सामान्य बल प्रयोग गरेको श्रेष्ठले बताए। यसक्रममा प्रहरीले लाठीचार्ज गरेको थियो।

    स्थानीयले ढुंगामुढा गर्दा डोजरको सिसा फुटेको छ। यसअघि, सो क्षेत्रमा घर निर्माण नगर्न उपमहानगरपालिकाले दुई पटक पत्र काटे पनि स्थानीयले अवज्ञा गर्दै आएको धरान उपमहानगरले जनाएको छ।

    सो क्षेत्रमा उपमहानगरले रंगशाला निर्माण गर्ने जनाउँदै आएको छ। स्थानीय मुना चौधरी लिम्बुले सो जग्गामा एक तले पक्की घर निर्माण गर्दै आएको धरान उपमहानगरपालिकाका नगर प्रहरी विष्णु कोइरालाले जानकारी दिए। अहिले स्थिति नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.