चितवनमा आज यस वर्षकै धेरै चिसो, तापक्रम ६ डिग्रीमा झर्यो
न्युजभित्तो/६ माघ २०७९, शुक्रबार १२:१७
चितवन,६ माघ । चितवनमा शुक्रबार बिहानैदेखि चिसो बढेको छ । हुस्सु लागेका कारण घाम लाग्न सकेको छैन । भरतपुर विमानस्थलमा रेकर्ड भएको तापक्रम अनुसार चितवनमा मंसिर र पुसमा भन्दा माघ महिनामा चिसो बढ्दै गएको छ । भरतपुर नागरिक उड्डयन कार्यालयले दिएको जानकारी अनुसार आज (शुक्रबार) बिहान चितवनको तापक्रम ६ डिग्रीमा झरेका थियो ।
यो यस वर्षकै सबै भन्दा कम तापक्रम हो । विहान ११ बजेभने चितवनको तापक्रम १६ डिग्री पुगेको थियो । बिहीबार भने भरतपुरको तापक्रम बिहान ७ र दिउँसो २० डिग्री पुगेको उड्डयन कार्यालयले नारायणी अनलाइनलाई जानकारी दिएको छ । बिहान १० बजेबाट आजका उडन नियमित रुपमा सबै सञ्चालन भएको उड्डयन कार्यालयले जनाएको छ ।