चितवनका दुई उद्योगलाई एक हजार ९५५ मेट्रिक टन गहुँ भारतबाट आयात गर्न अनुमति
न्युजभित्तो/५ माघ २०७९, बिहीबार १६:१८
चितवन,५ पुुस । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चितवनका दुई उद्योगलाई एक हजार ९५५ मेट्रिक टन गहुँ आयातको अनुमतिका लागि भारतीय राजदूतावासमा सिफारिस गरेको छ । पूर्व चितवनको टाँडीमा रहेको शिवशक्ति खाद्य उद्योग र भरतपुरको कामधेनु एग्रोमिल्सले सो अनुमति पाउने भएका हुन् । शिवशक्तिले एक हजार ३३० मेट्रिक टन र एग्रोमिल्सले ६२५ मेट्रिक टन गहुँ आयात गर्न भारतीय राजदूताबासमा नाम सिफारिस भएको छ ।
आउने परिमाणमा गहुँ आयात गर्न पाउने छन् । गत वर्ष ३३ हजार ९२८ मेट्रिक टन मैदा उत्पादन गरेको घराना फुड्स प्राली रुपन्देहीलाई ७ प्रतिशतले हुने २ हजार ३७५ मेट्रिक टन गहुँ आयातको अनुमति दिन सिफारिस गरिएको छ । जुन सबै भन्दा बढी हो ।
यस्तै, गत वर्ष १ हजार १७१ मेट्रिक टन मैदा उत्पादन गरेको जय श्री प्लोर मिल्स रुपन्देहीलाई ८२ मेट्रिक टन गहुँ आयात गर्न सिफारिस गरिएको छ । जुन सिफारिस भएका कम्पनी मध्ये सबै भन्दा कम हो ।
चितवन,५ पुुस । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चितवनका दुई उद्योगलाई एक हजार ९५५ मेट्रिक टन गहुँ आयातको अनुमतिका लागि भारतीय राजदूतावासमा सिफारिस गरेको छ । पूर्व चितवनको टाँडीमा रहेको शिवशक्ति खाद्य उद्योग र भरतपुरको कामधेनु एग्रोमिल्सले सो अनुमति पाउने भएका हुन् । शिवशक्तिले एक हजार ३३० मेट्रिक टन र एग्रोमिल्सले ६२५ मेट्रिक टन गहुँ आयात गर्न भारतीय राजदूताबासमा नाम सिफारिस भएको छ ।
आउने परिमाणमा गहुँ आयात गर्न पाउने छन् ।
गत वर्ष ३३ हजार ९२८ मेट्रिक टन मैदा उत्पादन गरेको घराना फुड्स प्राली रुपन्देहीलाई ७ प्रतिशतले हुने २ हजार ३७५ मेट्रिक टन गहुँ आयातको अनुमति दिन सिफारिस गरिएको छ । जुन सबै भन्दा बढी हो ।