सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सिभिल मलमा एक युवकद्वारा आत्मदाहको प्रयास


  •    न्युजभित्तो/५ माघ २०७९, बिहीबार १६:११ 
  • काठमाडौं,५ माघ।  काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। 

    बिहीबार बिहान सवा ११ बजे काठमाडौं महानगरपालिका–१६ का २९ वर्षीय विसङ गुरुङले  सिभिल मलको भुइँतलामा आफ्नै शरीमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ।

    उनको शरीरको आगो स्थानीय र सिभिल मलका सुरक्षा गार्डले निभाएका थिए। घटनालगत्तै पुगेको प्रहरी वृत्त जनसेवाको टोलीले गुरुङलाई उद्धार गरि उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगेको थियो। त्यसपछि उनलाई थप उपचारका लागि कीर्तिपुर मोडेल अस्पताल रेफर गरियो।

    उनको अहिले कीर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी दिनेश मैनालीले बताए। गुरुङको अनुहार र शरीरका विभिन्न भागमा आगोले जलेको छ।

    उनको अवस्था मध्यम रहेको तथा आत्मदाह गर्न खोज्नुको कारण भने हालसम्म नखुलेको एसपी मैनालीले बताए। घटनाका विषयमा प्रहरी वृत्त जनसेवाले थप अनुसन्धान गरिरहेको छ। 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.