सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माघे संक्रान्ति मेलाको फोहोर व्यवस्थापन गर्न देवघाट क्षेत्रमा सरसफाइ


  •    न्युजभित्तो/४ माघ २०७९, बुधबार १५:२६ 
  • चितवन, माघ ४ । देवघाट क्षेत्रको सरसफाइ गरिएको छ ।

    माघे संक्रान्ति मेलाको फोहोर व्यवस्थापन गर्न आज बिहान सरसफाइ गरिएको हो ।

    देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाली सेना, क्षेत्र विकास समितिका सदस्य तथा कर्मचारी भएर सरसफाइ गरिएको जानकारी दिए । उनको अनुसार बिहान ७ बजेदेखि १० बजेसम्म देवघाटको खोला किनार, स्नान क्षेत्र, नदीको बगर, बाटो, प्रवेश गेट, पुल क्षेत्र, तनहुँको बेनी क्षेत्रमा सरसफाइ गरिएको छ ।

    अधिकारीले भने, ‘ पवित्र धार्मिकस्थल देवघाट धाममा हरेक वर्ष माघे संक्रान्ति मेला लाग्ने गर्छ । मेला हेर्न तथा मेलामा सहभागी हुन हजारौँ भक्तजन भारतलगायत विभिन्न जिल्लाबाट देवघाट आउने गर्छन् । जसको कारण देवघाट क्षेत्र प्रदूषित हुने गर्छ र सो दिन भक्तजनहरुले गरेको फोहोरलाई आज हामीले व्यवस्थापन गरेका छौँ । हामीले उक्त फोहोरलाई कुहिने र नकुहिने गरी दुई प्रकारमा विभाजन गरेर संकलन गरेका हौँ । ’

    त्यस्तै संकलन गरेर जम्मा पारिएको सबै फोहोर उठाउन भरतपुर महानगरपालिकाले ट्याक्टर पाठाएको थियो भने फोहोर व्यवस्थापनको जिम्मा पनि महानगरपालिकाले गरेको अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिए । उनको अनुसार २ गते सार्वजनिक बिदा तथा ३ गते नेपाल आर्मीको समय नमिलेर सरसफाइ आज गरिएको हो ।

    संक्रान्तिको दिन धेरै मान्छे आउने भन्दै क्षेत्र विकास समितिले विभिन्न ठाउँमा डस्बिन राखेको थियो । तर, भक्तजनको उल्लेखनीय संख्या तथा डस्बिन कम भएकोले फोहोर व्यवस्थापनमा केही कठिनाइ भएको उनको भनाइ छ । उक्त दिन देवघाटमा पाँच लाख भन्दा धेरै भक्तजन आएका थिए । उनले भने, ‘मेलालाई व्यवस्थित बनाउन मेरोे संयोजकत्वमा माघे संक्रान्ति मेला व्यवस्थापन मूल समिति गठन गरिएको थियो र ट्राफिक व्यवस्थापनका लागि भने सवारी साधनलाई रामनगरबाट देवघाट प्रवेश गर्ने र वागेश्वरी हुँदै आँपटारी निस्कने व्यवस्था मिलाइएको थियो ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.