सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उपप्रधानमन्त्री श्रेष्ठद्वारा पुलचोक–गोन्द्राङ सडकको निरीक्षण


  •    न्युजभित्तो/३ माघ २०७९, मंगलवार १६:३० 
  • चितवन,३ माघ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भरतपुरको पुलचोक–गोन्द्राङ निर्माणाधिन छ लेन सडकको निरीक्षण गरेका छन् । भरतपुर महानगरकी मेयर रेनु दाहालसँगै सडक निर्माणस्थलमा पुगेका मन्त्री श्रेष्ठले गुणस्तरीयरुपमा सडकको काम समयमा सक्न निर्देशन दिएका छन् ।

    सडक निरीक्षणको क्रममा श्रेष्ठले भने, ‘ म कारबाहीलाई भन्दा पनि कामलाई प्राथमिकतामा राख्छु । गुणस्तरीय काम समयमा सम्पन्न हुनुप¥यो । अहिले समयमा सम्पन्न भएको रहेनछ । थोरै अवधिमा समयमा नै सम्पन्न गर्ने दिशातिर लैजान्छौं । समयमा नसकेर कारबाही गर्न नपरोस् ।’ उनले देशको विकास निर्माणको कामलाई अवरुद्ध गर्ने, कामलाई समयमा नसक्नेलाई आफूले छुट नदिने बताए । उनले भने, ‘ काममा गरिने ढिलाइ वा हेलचक्राइसँग सम्झौंता गरिन्न । अहिले तपाइँले कन्ट्याक्टर साथीसँग पनि कुरा भएको देख्नुभयो । असारसम्म पूरा गर्छु भन्नु भएको छ । पूरा गरेन भने के गर्ने भन्ने कुरा तपाइँले मलाइ सोध्दै नसोध्नोस् ।’ मन्त्रीले श्रेष्ठले कारबाही पहिले गरेर भन्दा काम गरेर अगाडि बढाउनुपर्ने बताए ।

    मन्त्री श्रेष्ठसँग निर्माण व्यवसायी सुनिल ढुंगानाले निर्माण सामग्रीको अभावले समयमा काम नसकिने बताए । उनले भने, ‘माघ २५ गते सम्म निर्माण अवधि, क्रसर बन्द , तुरुन्त हल गर्नुपर्छ । जस्तै कच्चा पदार्थको अभाव , आवश्यक कच्चा पदार्थ हामीले पाएका छैनौं । नारायणीमा बल्ल ठेक्का परेको छ । नारायणी नदीबाट उत्खनन् सुरु गरेपछि मात्र हामीसँग आवश्यक सामग्री हुन्छ । ’

    उपप्रधानमन्त्री श्रेष्ठले भने सम्बन्धित मन्त्रालयसँग कुरा राखेकोले समयमा नै यो विषय हल हुने बताए । उनले भने, ‘तीन, चार दिन यता त्यस्तो भएको छ । सम्बन्धित मन्त्रालयसँग कुरा गरेका छौं । अवैद्यानिक र असंवैधानिक ढंगले काम गर्नेलाई त नियमन गर्नु नै पर्छ तर आयोजना नै प्रभावित हुने गरी क्रसर बन्द हुनु हुँदैन । काममा प्रतिकुल असर पर्ने गरी अहिले क्रसरहरु सबै बन्द हुने प्रक्रियामा जानु हुँदैन ।’

    निर्माण व्यवसायी ढुंगानाले राखेको कुरामा असहमति जनाउँदै भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले निर्माण सामग्री अभावको कुरा नभएको बताइन् । उनले भनिन्, ‘पहिले पनि तपाइँहरुले नारायणीमा नै क्रसर राखेर काम गर्नुभएको हो । महानगरले सहजीकरण गर्ने कुनै काम बाँकी राखेको छैन । नहुने कुराको रिपोर्टिङ नगरौं न मन्त्री ज्यूलाई । सब चिजको उपलब्धता छ । दुई चारदिनको कुराले केही भएन यो । ’ व्यवसायीले भने मन्त्रीसँग भदौंसम्म सम्पूर्ण काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.