सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विकास निर्माणमा भ्रष्टचार र अनियमितता गर्ने छुट कसैलाई छैनः उपप्रधान मन्त्री श्रेष्ठ


  •    न्युजभित्तो/३ माघ २०७९, मंगलवार १५:०६ 
  • चितवन,३ माघ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टचार र अनियमितता गर्ने कार्यलाई सरकारले सरकारले छुट दिन नसक्ने बताएका छन् । आज भरतपुर महानगरपालिकाले गरेको विकास निर्माणको विषयमा छलफल कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भ्रष्टचार र अनियमितता नै विकासको शत्रु भन्ने गरिएकोले त्यस्तो कार्यलाई अब सरकारले कुनै पनि हालतमा छुट दिन नसक्ने बताए । उनले पहिलो मन्त्रीपरिषद् बैठकबाट नै सरकारले भ्रष्टचारलाई निरुत्साहित गर्न ठोस कदम चाल्ने निर्णय गरिसकेको भन्दै त्यस्तो कार्य हुन नदिने बताए । ‘भ्रष्टचार र अनियमितता हाम्रो विकासको शत्रु हो भन्ने तर त्यही कुरा दोहा¥याउने काम अब हुन सक्दैन, अतः त्यो कुरा कतै छ सरकारले त्यसलाई छुट दिन सक्दैन’–मन्त्री श्रेष्ठले भने ।

    मन्त्री श्रेष्ठले हालसम्म विकास निर्माणमा भइरहेको अवरोधको बारेमा गम्भिर समीक्षा हुन जरुरी रहेको भन्दै नयाँ ढंगले अघि बढ्न जरुरी रहेको बताए । ‘म कसैलाई दोष दिन चाहन्न, हिजोको सरकार, मन्त्रालयको नेतृत्व वा कर्मचारी, कहि न कहि समस्या त छ नै, समयमै गुणस्तरीय विकास किन हुन सकेन त्यसको आत्मसमिक्षा गर्नुपर्छ’ मन्त्री श्रेष्ठले भने ‘समस्यालाई समाधान गर्नुपर्छ, कमजोरी छ भने सच्याउनुपर्छ, दोषारोपणको खेलबाट माथि उठेर पहिलेको कुराबाट शिक्षा लिएर नयाँ ढंगले अघि बढ्नुपर्छ ।’

    मन्त्री श्रेष्ठले विकास निर्माणको कामलाई अब रफ्तारमा अघि बढ्ने प्रतिवद्धता जनाए । निर्माणको क्रममा रहेका तर लामो समय रोकिएका आयोजनाहरुलाई तिव्रता दिने उनले बताए । ‘निर्माणको क्रममा रहेका तर लामो समयदेखि जनतालाई दिगदार बनाएका आयोजना अब त्यही अवस्थामा रहन सक्दैन, अब त्यसलाई रफ्तारमा लगिने छ’–मन्त्री श्रेष्ठले भने ।

    उनले अहिलेको सरकारले एक सुत्रिय सामाजिक न्यायका लागि समृद्धिका कामलाई तिव्रता प्रदान गर्ने कार्यलाई केन्द्रविन्दुमा राखेको समेत बताए । मन्त्री श्रेष्ठले भरतपुरमा विकास निर्माणको कामले तिव्रता पाएको भन्दै नयाँ आयोजना र पुराना आयोजनालाई रफ्तारमा लैजान आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिवद्धता जनाए ।

    सो क्रममा बोल्दै भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले पश्चिम चितवनलाई नवलपुरसंग जोड्न एउटा पुल अतिआवश्यक रहेको भन्दै मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराए । ‘पश्चिम चितवनका जनताले पुल नहुँदा धेरै दुःख पाएका छन्, गोलाघाटमा हुन्छ की अर्को कुनै ठाउँमा तत्काल प्रक्रिया अघि बढाउनुपर्ने देखिन्छ, यसका लागि मन्त्रालयबाट आवश्यक सहयोग चाहन्छौं’–मेयर दाहालले भनिन् ।

    उनले पूर्वपश्चिम राजमार्गको भरतपुर खण्डमा ट्राफिक लाइट र फ्लाई ओभर आवश्यक देखिएकोले त्यसका लागि सहयोग गर्न आग्रह गरिन् । मेयर दाहालले अलपत्र अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउनका लागि सहजीकरण गर्न आग्रह गरिन् । हालसम्म निर्माणको क्रममा लागेको ऋण चुक्ताको विषय समस्या भएकाले बजेट छुट्टिदा पनि खर्च गर्न नपाएको गुनासो गरिन् ।

    कार्यक्रममा बोल्दै माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोले माडीमा रिङरोडको लागि ध्यानाकर्षण गराइन् । माडीका जनताले वन्यजन्तुबाट सास्ती भोग्दै आएरहेपनि सडक संजालको कारणले पनि थप समस्या भोग्न बाध्य भएको बताइन् । मेयर महतोले निकुञ्जभित्रको बाटोलाई कालोपत्र गर्न माग गर्दै माडीका जनतालाई सहज यातायातको व्यवस्था मिलाउन केन्द्रीय सरकारको ध्यानाकर्षण गराइन् । ‘माडीका जनता भरतपुर आउँदा एक जोर कपडा व्यागमा बोकेर आउनुपर्ने बाध्यता छ, बाटो धुलाम्य हुँदा धेरै नै सास्ती भोग्नुपरेको छ’–मेयर महतोले भनिन् ।

    कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले नारायणी नदीमा आकर्षक सिग्नेचर पुल अहिले रहेको पुलको छेउबाट नै बनाइने बताए । उनले त्यसका लागि तयारी अघि बढिसकेको बताए । कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने महानगरका लक्ष्मी प्रसाद सापकोटाले महानगरमा भइरहेको विकास निर्माणका बारेमा जानकारी गराएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.