सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अरोमा कलेजको विद्यार्थीलाई लैङ्गिक हिंसा सम्बन्धी सचेतनामूलक कार्यक्रम


  •    न्युजभित्तो/२ माघ २०७९, सोमबार २०:४० 
  • चितव, २ माघ । चितवनको अरोमा कलेजले आफ्ना विद्यार्थीहरुका लागि लैँगिक हिंसा, साइबर अपराध तथा किशोरावस्थामा हुनसक्ने अपराधजन्य जोखिमका बारेमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारी र प्रहरी निरीक्षक गोपाल पौडेलले कलेजका कक्षा ११ पढ्ने विद्यार्थीहरुलाई शुक्रबार सचेतनामूलक प्रशिक्षण दिएका हुन् ।

    कार्यक्रममा किशोरावस्थामा हुनसक्ने इन्टरनेटसँग सम्बन्धित अपराध, सामाजिक सञ्जालको सुरक्षित उपयोग तथा लैँगिक आधारमा हुनसक्ने हिंसाजन्य जोखिम कसरी उत्पन्न हुन्छन् र तिनबाट सुरक्षित रहन गर्नुपर्ने उपायका बारेमा छलफल गरिएको थियो ।

    कार्यक्रममा चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले विद्यार्थीहरुलाई प्रहरीको अपराधजन्य व्यवहारको रेकर्डभित्र नपर्न आग्रह गरे । उनले भविष्य बनाउने समयमा लागुऔषध, साइबर अपराध लगायतका अपराधमा धेरै किशोरावस्थाका व्यक्तिहरु पर्ने गरेकाले यस्ता अपरामा पर्नबाट जोगिन पनि विद्यार्थीहरुलाई सचेत गराएका थिए ।

    अरोमा कलेजका अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न सचेतनामूलक कार्यक्रममा प्रेसिडेन्सी कलेजका प्राचार्य शम्भु क्षेत्री, अरोमा कलेज दिवा सत्रका कार्यक्रम संयोजक कृष्णप्रसाद भूसाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संयोजन कलेजका बिहानी सत्रका कार्यक्रम संयोजक दीपेन्द्र अर्यालको संयोजकत्वमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको थियो । कक्षा ११ मा अध्ययनरत दुई सय जना विद्यार्थी कार्यक्रममा सहभागी भएका थिए ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.