सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

यती एयरलाइन्सको विमान दुर्घटनाका ३ शव महिला–पुरुष पहिचान भएन, २३ जनाको सनाखत


  •    न्युजभित्तो/२ माघ २०७९, सोमबार १०:५९ 
  • पोखरा, २ माघ । यती एयरलाइन्सको ९ एन एएनसी एटिआर–७२ विमान दुर्घटनास्थलबाट सङ्कलन गरिएकामध्ये ३ वटा शवको पहिचानमा समस्या भएको छ । ३ शवमध्ये पुरुष र महिला नछुट्टिने अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    कास्कीको पोखरास्थित सेती नदीको खोँचमा यती एयरको विमान दुर्घटनामा परेर ६८ जनाको मृत्यु भएको छ । धेरै जलेको कारण ३ जनाको शव पहिचान गर्न समस्या भएको एसपी अजय केसीले जानकारी दिए ।

    दुर्घटनास्थलबाट सङ्कलन गरिएकामध्ये ३९ शव पुरुषको र २५ शव महिलाको पहिचान भएको छ । सुरक्षाकर्मीहरुले पोखरा महानगरपालिका–१७ घारिपाटनस्थित सेतीको खोचमा सोमबार बिहानैदेखि पुनः खोज तथा उद्धार सुरु गरेका छन् ।

    दुर्घटनास्थलबाट ६७ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल) मा लगिएको छ । एउटा शव खोँचमा देखिएको र सो शव निकाल्ने प्रयास भइरहेको एसपी केसीले जानकारी दिए ।

    सशस्त्र प्रहरी बलले सोमबार बिहान ४ जनाको शव खोँचबाट निकालेको छ । खोज तथा उद्धारमा सशस्त्र प्रहरी बलको गोताखोर पनि परिचालन गरिएको छ । विमानमा सवार ४ जनाको अवस्था अझै अज्ञात छ । दुर्घटनामा परेका २३ जनाको सनाखत भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो: प्रहरी महानिरीक्षक कार्की
    नीति, कार्यक्रम र बजेटमा बालबालिकालाई प्राथमिकता दिइने
    • सुरक्षाकर्मीको भूमिका प्रशंसनीय: मुख्यमन्त्री पाण्डे
    • मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान
    • रेडपाण्डा संरक्षण गर्न चेतनामूलक कार्यक्रम
    • बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.