सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका तरकारी किसानलाई उत्पादन खर्च पनि नउठ्ने हो कि भन्ने चिन्ता


  •    न्युजभित्तो/२७ पुष २०७९, बुधबार १६:३१ 
  • चितवन,२७ पुस।   चितवनको खैरहनी नगरपालिका–६ तुलसीपुरका पुरन महतोले यस वर्ष एक बिघामा काउली, एक बिघामा बन्दा, १० कठ्ठामा फर्सी, १० देखि १२ कठ्ठामा केराउ, फर्सी, मूला र भेन्टा लगाएका छन् । एक वर्षअघि मूल्य नपाएपछि बन्दा खेतीमा डोजर लगाएर चर्चा पाएका महतोलाई यसपटक पनि तरकारीले मूल्य नपाउने हो कि भन्ने चिन्ताले सताउँछ । उनले भारतबाट तरकारी धेरै भित्रिएमा यहाँको तरकारीले मूल्य नपाउने भएकोले उत्पादनको लगानी उठाउन पनि गाहे हुने बताए । उनले भने, ‘केही दिन अघि काउली १० रुपैयाँ किलो बिक्री हुँदा निकै चिन्ता लागेको थियो । आजभोलि ३० रुपैयाँ किलोमा बिक्री हुन थालेपछि भने केही आशा जागेको छ । बन्दाको मूल्य किलोको ७ रुपैयाँ मात्र छ । काउलीले केही मूल्य पाएकोले बन्दामा घाटा खाए पनि उत्पादन लागत उठ्छ कि भन्ने आशामा छु ।’ उनले किलोको ३० रुपैयाँमा लगेको तरकारी ४० मा बिक्री हुदा त ठिकै हो तर बजारमा ७० देखि १०० रुपैयाँमा उपभोक्ताले किनेको देख्दा भने कटक्क मन खाने नारायणी अनलाइनलाई बताए । 

    किसानले निकै दुःख गरेर ब्ल्याकमा ५० रुपैयाँमा रासायनिक मल किन्नुपर्ने बाध्यताले गर्दा पनि तरकारीको लागत मूल्य बढ्दै गएको छ । खैरहनीका तरकारी किसान महतोले पनि उत्पादन लागत बढ्दै गएकोले बिगत वर्षको तुलनामा तरकारी खेतीलाई घटाउँदै लगेका छन् । उनी आफूले गरेको मेहेनत देखेर जसरी खुसी देखिन्छन् उत्तिकै बढी चिन्ता बजार मूल्यको छ । उनले भने, ‘बजारमा अहिलेसम्म पर्याप्त मल पाइएको छैन, ब्ल्याकमा ५० रुपैयाँ किलोमा किन्नुपर्ने बाध्यता छ । बीउबिजन पनि गुणस्तरहीन हुँदा आपतउस्तै छ । किसानको जीवन सधैँ चिन्तामा बित्ने भयो ।’ ग्रामिण ताजा फलफूल तथा तरकारी सहकारीका सदस्यसमेत रहेका महतो सहकारीलाई सिधै थोक बजारमा लगेर बेच्न सक्ने बाताबरण बनाइदिने हो भने केही मूल्य पाउने बताउँछन् । पूर्वचितवनका महतोले भोगेको समस्या उनको मात्र नभएर चितवनका अन्य क्षेत्रका किसानहरुको पनि भोगेको साझा समस्या हो ।

    भरतपुर महानगरपालिका वडा नम्बर ५ र १५ मा चार बिघा जग्गामा गाजर लगाएकी अर्की किसान राधा दवाडी न्यौपानेको समस्या पनि उस्तै छ । गत वर्ष भिन्डी, फर्सी, काउली, घिरौला, करेलो, लौका जस्ता तरकारी लगाएर घाटा खाए पछि उनी अहिले गाँजर खेती गरे केही मूल्य पाइने आशमा गाँजर खेतीमा लागेकी छन् । उनका अनुसार एक बिघा क्षेत्रफलमा धेरैमा ५०० क्विन्टलसम्म गाँजर फल्छ । एक बिघामा पाँच केजी गाजर चाहिन्छ । गाजरको बिउलाई २४ हजार रुपैयाँ पर्छ । मलसहित सबै खर्च गर्दा तीन लाख जति खर्च लाग्ने उनले बताइन् । उनले भनिन्, ‘ ठूलो लगानी गरेको उत्पादनले राम्रो मूल्य पाएन भने घाटामा परिन्छ । सधै चिन्ता मूल्यकै हुन्छ । ’ हरेक तरकारीलाई फरक फरक तापक्रममा राख्नुपर्ने भएकोले खेतीअनुसार छुट्टाछुट्टै चिस्यान केन्द्रको स्थापना गर्न सकेमा बजार आउँदा बेच्न सकिन्थ्यो तर त्यस्तो अवस्था नभएकोमा उनले चिन्ता व्यक्त गरिन् । किसानसँग प्रतिकेजी ३० रुपैयाँमा बिक्री भइरहेको गाजर बजारमा प्रति केजी ५० रुपैयाँमा बिक्री भइरहेको उनले नारायणी अनलाइनलाई बताइन् । तरकारी किसानले दुःख गरेर फलाएको तरकारीमा बिचौलिया हाबी हुदा मूल्य पाउन नसक्ने किसानहरुको चिन्ता छ ।

    के भन्छन् विज्ञ ?

    सरकारको कृषि क्षेत्रलाई व्यवसायिकरण गर्ने स्पष्ट नीति नभएकोले पनि किसानहरु घाटामा जाने गरेको विज्ञहरु बताउँछन् । भारतबाट आउने तरकारीलाई नेपालमा रोक्न नसकेसम्म नेपालका किसानहरु समस्यामा पर्ने उनीहरुको दाबी छ । कृषि विज्ञ दुर्गा दवाडीले भारतबाट आउने तरकारी रोक्न मात्र सकेमा पनि नेपाली किसान घाटामा जानुनपर्ने बताए । उनले भने, ‘ भारतबाट आउने तरकारी रोक्न सकेमा किसानले बल्ल नेपालमा तरकारी खेती गर्न थाल्छ । तरकारीको मूल्य पनि आउँछ । विषादी परीक्षणलाई कडाइ गरेर भए पनि भारतको तरकारी रोक्नुपर्छ । ’ उनले नेपालमा किसानमात्र नभएर तरकारी व्यापारीहरु पनि समस्यामा पर्ने गरेको बताए । उनले भने, ‘ बिहान बेचेको तरकारी भोलिसम्म बिग्रने भएकोले पनि तरकारी व्यापारीले धेरै नाफा खाने गरेको छ । तरकारी नबिग्रने गरी डिपार्टमेन्ट स्टोरको जस्तो बिक्री केन्द्र तयार गर्नुपर्छ । तरकारीको पनि मूल्य तोकेर १० प्रतिशत भन्दा बढी बिक्रेताले नाफा खान नपाउने बनाउनुपर्छ । मल, सिँचाइको सुविधा राज्यले निःशुल्क उपलब्ध गराउने नीति बनाउनुपर्छ ।’ उनले रासायनिक मल भन्दा पनि प्राङ्गारिक मलको प्रयोग गर्ने वातावरण तयार गर्नुपर्ने बताए ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.