सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन महोत्सवमा ‘मेड इन नेपाल’ एक्स्पो सुरु, नेपाली उत्पादनबारे जानकारी लिन सकिने


  •    न्युजभित्तो/२६ पुष २०७९, मंगलवार १५:१२ 
  • चितवन, २६ पुस । नारायणगढमा जारी १४ औँ चितवन महोत्सव अन्तर्गत ‘मेड इन नेपाल’ एक्स्पो आज मगलबारबाट सुरु भएको छ ।भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले एक्स्पोको उद्घाटन गरेका हुन् ।

    उद्घाटन गर्दै उपमेयर अधिकारीले नेपाली युवा उद्यमीहरूले गरेको यो प्रयास चितवनका लागि मात्र नभई देश कै लागि उदाहरणीय भएको पनि उल्लेख गरे । यस्तो एक्स्पोले नेपालमा उत्पादन भइरहेका वस्तु तथा उद्योगहरुको बारेमा केही मात्रामा भए पनि जानकारी दिएको उनको

    टिप्पणी छ । एक्स्पोमा सहभागी अधिकांश उद्यमीहरूले सरकारले आफूहरुलाई प्रोत्साहन नगरेको गुनासो गरेका छन् ।
    भरतपुरका उपमेयर अधिकारीले ‘मेड इन नेपाल एक्स्पो’ नेपाल मै केही गर्छु भन्नेहरुका लागि कोशे ढुङगा सावित हुने बताए । उनले नेपालमा कुनै पनि सामग्री उत्पादन हँुदैन भन्नेहरूका लागि मेड इन नेपाल गतिलो उदाहरणको रुपमा प्रस्तुत भएको विचार राखे । उनले भने, ‘युवाहरूले आफ्नै लगानीमा स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण एक्स्पोे मार्फत प्रस्तुत गरेका छन् ।’

    नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरले चितवन महोत्सवको मुख्य गेट मै एक्स्पोको आयोजना गरेको छ । एक्स्पोमा नेपालमा उत्पादित वस्तु मात्रै प्रदर्शनमा राखिएको छ । एक्स्पोमा जम्मा ४० वटा स्टल रहेका छन् । नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरका अध्यक्ष सूर्यभक्त अधिकारीका अनुसार एक्स्पोमा युवा उद्यमीहरुका बीचमा ‘ब्यापारिक ज्ञान’को विषयमा कडा प्रतिस्पर्धा हुने छ । उत्कृष्ट कार्य गर्ने उद्यमीलाई एक लाख रुपैयाँ राशीको पुरस्कारले पुरस्कृत गरिने अधिकारीले जानकारी दिए ।  ‘नेपाली उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले हामीले छुट्टै एक्स्पोको आयोजना गरेका हौ ’, उनले भने, ‘नयाँ उद्यम गर्न चाहनेहरुले पनि यहाँबाट विभिन्न आइडिया लिन सक्नुहुनेछ ।’

    महोत्सव आयोजक उद्योग वाणिज्य संघ चितवनले पनि महोत्सवमा ‘मेड इन नेपाल’ एक्स्पोलाई आकर्षणको केन्द्र बिन्दुको रुपमा लिएको छ । महोत्सवमा खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिको भेषभूषा र कला संस्कृति झल्किने मनोरञ्जनात्मक कार्यक्रम, कृषि उपज प्रदर्शनी र बाल उद्यान राखिएका छन् ।

    महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई ६० तथा विद्यार्थीलाई ३० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । १० दिनसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाखले अवलोकन गर्ने र २५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकले अपेक्षा गरेको छ । विसं २०५३ साल देखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको महोत्सव आगामी माघ ४ गतेसम्म चल्ने छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.