सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्थानीयसँगै भुईंमा बसेर समस्या सुन्दै कालिका नगरप्रमुख विनोद रेग्मी


  •    न्युजभित्तो/२६ पुष २०७९, मंगलवार ०८:०१ 
  • चितवन, २६ पुस । जनप्रतिनिधीहरु निर्वाचन जितेपछि जनताको समस्या नसुन्ने, सुख सुविधामा रमाउने गरेको भन्दै आलोचना हुँदै आएको सुन्न पाइन्छ । तर, कतिपय जनप्रतिनिधी भने जनताको स्तरमा नै आफूलाई राख्दै जनताको समस्याको समाधानका लागि खटिरहेका उदाहरण पनि सुन्न र देख्न पाइन्छ ।

    चितवनको कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी जनताका समस्याको समाधान तत्काल गर्न रुचाउने र जनताको सुखदुःखमा सँगसँगै रहन चाहनुहुन्छ । कालिका नगरपालिका वडा नं.९ को विकट कोलारमा पुग्नु भएका नगर प्रमुख रेग्मी जनताजस्तै भूईंमा बसेर जनताको समस्या सुन्दै गरेको तस्वीर पछिल्लो समयमा निकै चर्चामा छ । नगर प्रमुख रेग्मी कोलारका स्थानीयवासिन्दाको समस्या सुन्न र तिनको समाधानका लागि के उपाय गर्न सकिन्छ भनेर सो ठाउँमा पुग्नु भएको थियो ।

    बैशाखमा भएको निर्वाचनका बेलामा मत माग्न पुगेका नगर प्रमुख रेग्मी जितेपछि कोलार पुगेर आइपरेका समस्या समाधानको उपायको खोजी गर्नुभयो । तस्वीरमा नगरप्रमुख रेग्मी जनतासँगै भूईंमा पलेटी कसेर जनताका पिरमर्का सुन्नु भएको छ । “उहाँहरुले नगरप्रमुख आउनुभयो भनेर कुर्सी टकार्नुभयो, तर मैले तपाईंहरुसँगै बस्छु भने, उहाँहरु जसरी भूईंमा बस्नुभयो, म पनि त्यसरी नै बसेँ ।” नगर प्रमुख रेग्मीले भन्नुभयो “जनतालाई तल वा होचोमा राखेर मलाईं अग्लो हुनु छैन । जनता जहाँ जस्तो अवस्थामा बस्छन् म पनि त्यहीँ रमाउन चाहान्छु ।”

    नगरप्रमुख दाहालले एक घण्टासम्म जनताका समस्याहरु सुन्नुभयो । उहाँले सो क्षेत्रमा आयआर्जनका लागि सीपमूलक र व्यवासीयक तालिमको आवश्यकता रहेको भन्दै जनतालाई समूह बनाएर नगरपालिकामा आउन आग्रह गर्नुभयो । नगर प्रमुख रेग्मीले समूह बनाएर आए तत्कालै आफूले नगरपालिकाकोतर्फबाट रकम विनियोजन गरेर सहयोग गर्ने आश्वासन जनतलाई दिएको बताउनुभयो ।

    कोलारमा ३३ घर रहेका छन् । बाख्रापालन, स्थानीय जातका कुखुरापालन वा अन्य सीपमूलक तालिमका लागि नगरपालिकाले सहयोग गर्ने नगरप्रमुख रेग्मीले बताउनुभयो । उहाँले सो क्षेत्रमा रहेका चेपाङ्ग बालबालिकाले सानो उमेरमा विवाह गर्ने समस्या रहँदै आएको भन्दै नगरपालिकातर्फबाट चेतनामूलक कार्यक्रम लैजाने सोच पनि बनाएको बताउनुभयो । स्वास्थ्य सेवा, खानेपानी, विद्यालय लगायतका क्षेत्रमा पनि नगरपालिकाले काम गर्ने नगरप्रमुख रेग्मीले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.