भारतबाट नेपाल आउँदै गरेको बस दुर्घटना, ३ नेपालीसहित ४ जनाको मृत्यु
न्युजभित्तो/२५ पुष २०७९, सोमबार १२:०४
कैलाली,२५ पुस । भारतबाट नेपाल आउँदै गरेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार मृत्यु भएका तीन जना नेपालीहरु कैलाली टीकापुरका हुन् । दुर्घटना कैलाली टीकापुर नगरपालिका-१ का ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललित साउद र २० वर्षीया निर्मला बोहराको मृत्यु भएको हो । त्यस्तै एक जना भारतीय चालक गरी चार जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ । अन्य १७ जना घाइते भएका छन् । शनिवार राति १२ बजे भारतको लखनउबा १४ किलोमिटर नेपालतर्फ यूपी उन्नाउ भन्ने स्थानमा बस दुर्घटना भएको थियो ।