सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणीमा ‘सिग्नेचर ब्रिज’ बनाउन दुई कम्पनीको प्रस्ताव


  •    न्युजभित्तो/२५ पुष २०७९, सोमबार ११:५३ 
  • काठमाडौं,२५ पुस । नेपालमै पहिलोपटक नारायणी नदीमा बन्न लागेको ‘सिग्नेचर ब्रिज’ निर्माण गर्न दुई कम्पनीले प्रस्ताव पेस गरेका छन्। सडक विभागअन्तर्गतको पुल महाशाखाले गत कात्तिक २ मा पहिलोपटक सिग्नेचर ब्रिज निर्माण गर्न ठेक्का आह्वान गर्दा कुनै पनि निर्माण कम्पनीले चासो देखाएका थिएनन्। महाशाखाले पुनः मंसिर २० मा दोस्रोपल्ट आह्वान गरेको ठेक्का प्रक्रियामा भने दुई निर्माण कम्पनी अनक कन्स्ट्रक्सन र तुँदी कन्स्ट्रक्सन सहभागी भएका हुन्।

    मंसिर २० मा जारी दोस्रोपटकको बोलपत्रको म्याद पुस ६ सम्म थियो। महाशाखाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) नरेन्द्रप्रसाद भट्टका अनुसार दुई कम्पनीको प्राविधिक र आर्थिक मूल्यांकन एकसाथ भइरहेको छ।

    ‘दुई निर्माण कम्पनी सिग्नेचर ब्रिज निर्माणको ठेक्का प्रक्रियामा सहभागी भएका छन्। प्राविधिक र आर्थिक प्रस्ताव मूल्यांकन एकै चरणमा हुन्छ,’ सिडिई भट्टले क्यापिटल नेपालसँग भने, ‘प्राविधिक मूल्यांकको काम भने माघ अन्तिमसम्ममा सकिने छ।’

    प्राविधिक र आर्थिक मूल्यांकनमा उपयुक्त देखिएका निर्माण कम्पनीसँग पुल महाशाखाले ठेक्का सम्झौता गर्ने छ। तर, नेपाली इन्जिनियर तथा निर्माण कम्पनीसँग सिग्नेचर ब्रिज निर्माण गरेको अनुभव भने छैन। माघ अन्तिमसम्म प्राविधिक तथा आर्थिक मूल्यांकन भएपछि फागुनमा ठेक्का सम्झौता हुने सिडिई भट्ट बताउँछन्।

    महाशाखाका अनुसार ठेक्का सम्झौता गर्ने तयारी भए पनि सिग्नेचर ब्रिज निर्माण लागत अनुमानसमेत गरिएको छैन। साथै, नारायणी नदीको कुन स्थानमा ब्रिज बनाउने भन्ने विषयमा समेत महाशाखा प्रष्ट हुन सकेको छैन। तै पनि, हाल सञ्चालनमा रहेको नारायणी नदी पुलभन्दा माथिल्लो भागमा सिग्नेचर ब्रिज बनाउने योजना महाशाखाको छ।

    पूर्वपश्चिम राजमार्गामा पर्ने नारायणी नदीमा दैनिक करिब १५ हजार सवारीसाधन आवतजावत गर्ने अनुमान छ। हाल दुई लेनको राजमार्गलाई एसियन हाइवेका रूपमा विकास गरेर चार लेनमा स्तरोन्नति गर्ने योजना सरकारको छ।

    चार लेनमा विस्तार गर्न लागिएको राजमार्गमा दुई लेनको सिग्नेचर ब्रिज निर्माण हुने महाशाखाको भनाइ छ। महाशाखाका अर्का एक अधिकारीका अनुसार तत्काल दुई लेनको पुल बने पनि आवश्यक परेका बेला फेरि थप दुई लेनको नयाँ सिग्नेचर ब्रिज बनाउने योजना सरकारको छ।

    अहिले सञ्चालनमा रहेको दुई लेनको पुरानो पुल र नयाँ बन्ने दुई लेनको सिग्नेचर ब्रिजले तत्कालको सवारी चाप व्यवस्थापन गर्न सकिने महाशाखाको भनाइ छ। २०३८ सालदेखि सञ्चालनमा रहेको नारायणी नदी पुलले सवारी चाप धान्न नसकेपछि नयाँ सिग्नेचर ब्रिज बनाउन लागिएको हो। पुल महाशाखाका अनुसार सिग्नेचर ब्रिजको लम्बाइ ४ सय २० मिटर हुनेछ। हाल सञ्चालनमा रहेको पुलको लम्बाइ ४ सय ६० मिटर छ।

    सिग्नेचर ब्रिजको लम्बाइ अनुमान गरेको महाशाखाले पुलको लागत रकम भने अझै खुलाएको छैन। तै पनि, महाशाखाका ती अधिकारी भने सिग्नेचर ब्रिज बनाउन १ अर्ब रुपैयाँभन्दा बढी लागत लाग्ने बताउँछन्।

    त्यस्तै पुलको डिजाइनसमेत तयार गर्न बाँकी छ। ‘पुलको डिजाइन निर्माण कम्पनीले नै गर्छ, हामीले ठेक्का सम्झौता गर्छौं,’ तर, सिडिई भट्ट भन्छन्।
    मुलुकमै पहिलोपटक बनाउन लागिएको सिग्नेचर ब्रिजले नारायणीको धार्मिक तथा पर्यटकीय क्षेत्र देवघाटको समते पर्यटक आकर्षण थप बढाउने महाशाखाले जनाएको छ।

    नारायणी नदीसँगै सरकारले देशभरि १२ वटा सिग्नेचर ब्रिज निर्माण गर्ने योजना अगाडि सारेको छ। जसमध्ये अधिकांश पुल पूर्व–पश्चिम राजमार्गमा निर्माण हुनेछन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.